अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

नागपंचमीको धार्मिक महत्व,नागको पूजा कसरी गर्नु पर्ने बिधान के छ? – पंण्डित बालमुकुन्द देवकोटा

नागपंचमीको धार्मिक महत्व,नागको पूजा कसरी गर्नु पर्ने बिधान के छ?
मिति २०८० साल भाद्र ४ गते सोमबार शुद्ध श्रावण शुक्लपक्ष पञ्चमी तिथी राती ९ / ५३ बजेसम्म त्यस उप्रान्त षष्ठी तिथी आरम्भ यो दिन नाग पञ्चमी भएकोले घरमा नाग टास्नु पर्दछ।नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ।यो श्रद्धा र विश्वासको पर्व हो।नागलाई धारण गर्ने गरेमा यो दिनमा शुभ मानिन्छ।यो दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ।यो दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ।नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ।हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ।यस्तै हिन्दूहरूले प्रत्यक वर्ष श्रावण शुक्ल पक्षको पञ्चमी तिथीमा मनाउने नाग पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ।यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प बिछ्छी आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो हिन्दू धर्मको मान्यता अनुशार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् ।त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर हुन्न।यो कुरा सत्य होस् अथवा न होस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्।बर्षायाममा घर वर पर ठुल ठुला झारहरू उम्रिएर सर्प तथा अन्य बिषालु जिव जनावरहरू घरमा भित्रिने पर्वल सम्भावना रहन्छ अर्को कुरा साउन भदौ तिर बर्षा भयो भने भारी बर्षा हुने र घाम लागेमा निकै टन्टलापुर गर्मी हुने गर्छ ।यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने ठाउँको खोजीमा हुन्छन् यस्तो अवसरमा घर वर पर जंगल भएमा सर्पहरू सोझै घरमा पस्न आउछन्।मानिसहरू चाड पर्वमा घरको अन्य कामकाज छोडेर पनि आफ्नो घर आगन सफा गर्छन् यसरी घर आगन सफा भएर घर वरपर नाङ्गो भयो भने सर्पहरूको डर हुने कुरै भएन।यस कारण नाग पञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्य कुरा १००% सत्य मानिन्छ।ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन।भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन।नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ।यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई उहाँलाई अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ।व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन र समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लो परिकारहरूको प्रयोग पनि वर्जित छ।साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ।यो दिन सर्व प्रथम नाग देवताको मूर्ति नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भए हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ।नाग पूजा गर्दा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय विधान रहेको छ।नागको शिरपटीबाट पूजागर्दा आफुलाई पिडा, पछाडीबाट पूजागर्दा छोरा र पत्नीलाई दु:खहुने भएकोले भाद्र, आश्विन र कार्तिकमा पूर्व।मंसिर, पुष र माघमा दक्षिण।फागुन, चैत्र र वैसाखमा पश्चिम तथा जेठ, असार र श्रावणमा उत्तरमा नागको शिर हुन्छ।यो विचार गरेर मात्र घरको वरिपरि वा खेतमा पूजागर्दा राम्रो हुनेछ।
नाग पञ्चमीको दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ। गोबरको अभावमा पिठोको प्रयोग पनि गर्न सकिन्छ।त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन,सेतो फूल, अक्षता, चामल पिंधेर त्यसको पानी ,कपासको सात तले बनाएर ,लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ :-
नाग टाँसेर नागको प्राथना गर्ने मन्त्र
“अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी। एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते॥”
ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।
इन्द्रलोकेषु ये सर्पा: वासुकी प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।२।
कद्रबेयाश्च ये सर्पा: मातृभक्ति परामा।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।३।
इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।५।
सत्यलोकेषु ये सर्पा: वासुकिन च रक्षता।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।६।
मलये चैव ये सर्पा: कर्कोतक प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।७।
प्रार्थव्याचैव सर्पेभ्य: ये साकेत वासित।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।८।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।९।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१०।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिन:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।११।
रसातंलेषु ये सर्पा: अनन्तादि महाबला:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१२।
नागमन्त्र पाठ गर्न असम्भव भए ‘ॐ कुरुकुल्ये हुँ फट स्वाहा’ मन्त्रको ९००० पटक जप गर्ने गरिन्छ।
नागगायत्रीको मन्त्र (ॐ नव कुलाय विधाहे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ। त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै यो दिनको पूजनमा सेतो कमलको प्रयोग गर्ने विधान छ।
पं- बालमुकुन्द देबकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *