
यस कवितामा समेटिएका कथा बालिका तथा सम्पूर्ण किशोरी प्रतिनिधत्व कथा ।
आधुनिक युग यो म पछाडी पर्नै पर्छ र ?
पिछडिएको हु म,
घर छोडी छाउ राज्नै पर्छ र ?
कुरीति कुसंस्कार संग डटन
मैं पछि पर्ने पर्छ र ?
तिमी कहलिएको उग्र
तिम्रो समाजमा
तिम्रो हेराइमा अनि,
बन्धू मेरो कुठधेरामा म भित्र बस्नै पर्छ र ?

तिमीले देखेको म,
मैले देखेको म
संसारले देख्ने म
भिन्न छ नी ?
हो म तिमीले देखेको तिमी नहुँला
तर तिमी भित्रको म मा परिवर्तित
‘भावना’ त छ नी
जान देउ विद्यालय
जान्न देऊ शिक्षा
पहिचान बनाई
आफ्नै क्षमतामा बाच्न त देऊ

मलाई उडान भर्न देउ
विभेद विरुद्ध कलम
चलाउन देऊ ।
अझ तिखारिनु छ ।
रङ्गीन छ ।
सच्चीन छ ।
वेदनाको त्यथा
भएको यस संसारमा
एक्लै बढ्नु छ
पढ्न छ ।
कर्म नै छोरी
पाए मैले
बाधिए करैले
धर्म नै मैले
पाए आस्थाको
डरैले ।
त्यसै विचमा म जस्तै मेरा कथाका यात्राहरू सुरु हुन्छन् । सम्झिन्छु म,
यात्राहरु केही कठिन त
केही सरल
बालिका देखी किशोरी
उमेरको यात्रा
Campaigns workshop
जसले काचा माटोलाई आकार दियो ।
म भित्रको मलाई चिनायो
मेरा साना क्षमतालाई
रङ्गीन बनायो
समाजमा एउटा मेहिनेती
देशप्रेमी सेवक
म जन्मायो ।
व्यवहारीक ज्ञान
पाएको म
रमाएको थिए
पुरुषप्रधान समाजमा
आफैले आफैलाई
सजाएको थिए।
यात्रा सुरु तब भयो
जब सिपमुलक ज्ञान पाएको थिए।
सचेतना, नेतृत्व, पैरवी
कार्यक्रम चलाएको थिए ।
पाए मैले सुधारीएको
म निखारीएको म
समुद्रको गहिराइमा म
सगरमाथामा म
चिन्ने कोसिस भएको मलाई
चिनाउने प्रयासलाई धन्यवाद ।
अब हामी सचेत कति ?
शिक्षा, स्वास्थ्य सिपमा
नारा, जुलुस
पैरवीमा कति
गर्यो सचेत
चिन्ने बनायौँ
विकास विनास
के हो ?
सडक बन्नु
विद्यालय नबन्नु
पुल बन्नु
कलकारखाना बन्नु
सिप, दक्ष नबन्नु
अन्त्य, अत्यन्त
सजक, सचेत
नबन्नु
आखिर किन,
प्रश्न कहिले
सम्म ?
हामी गर्ने छौ
मेहिनत,
भविष्य बनाउँदा
जति गर्नुपर्छ
गैथँली गुड
बनाउदाँ,
श्रीङ्गारन उदेश्य
राष्ट्रको भविष्य
बन्ने छ । अवश्य
ततपर रहेकी
म लाई
सबल बनाउन
खर्चीनु
श्रोत, लगानी
बाटो समय
देखाउन
चिनाउन ।
समाज,
तिमी बुभ्नेछौँ
असल छौ
तिम्रो अपत्यारीलो
शोषण नदेखाउनु
म बोल्नेछु
मेरो प्रयासमा
बोली नदबाउनु ।
म भित्रको
सिता, भृकुटी
पासाङ,कढर
योगदान
वलिदानीको
उपेक्षामा
रहन्छिन सदर
नारी वहादुर
इतिहास त
रह्यो आभारी ।
सबै मिलि अघि वढ्नु
हामी भाव बोकी
आशा दियो
उज्यालोको
परखाईमा छौ ।
समृद्ध नेपाल
बन्ने छ देश
एकदिन आशाका
किरण
उदाउदो राजनीति
कलिला सन्तानका
सपनाको देश
बन्ने छ ।
नेपाल, नेपाली
काँचो माटो
बालक- वृद्ध ,
सबै सकेको
जुटने छौ ।
दिगो लक्ष्य
पूरा गर्ने छौ
शुभकामना छ
अझै बढिरहन
इतिहास
रचिरहनु
सम्झनाका
पाइला बनिरहनु ।
तिमीले कार्य गरी
न भन्यौ भोकमारी
न त महामारी
दिगो छ लक्ष्य
दिगो छ विकास
२०३०,
बुझ्नु, बझाउनु
सन्नु सनाउनु
धन्यवाद छ
सरकार, साकार
पार्न नेपाली
जुटौ भइ एकै
आकार ।
विपदमा तिम्रो राहात
न्यानो वनाईदियो
तातो बन्यो
त्रिपाल झुपडी
छानो बन्यो
बाँच्ने आधार
खाना बन्यो
संसार बन्यो
साहारा बन्यो
मेरो घाऊ
तिम्रो साहारामा
निको बन्ने
मलम बन्यो ।
तिम्रो सम्बन्ध
कुशल, नैतिकवान छ
प्रगाद, सहकार्य छ।
हृदयी भावनामा
सहयोग तिम्रो
स्वीकारी
अमुल्य बन्यौं
उपकारी
रहे म सधै
हृदयभरी, मनकारी।
नहुदाँ यात्रा सरल
चाहे दुर्गम पुग्यो
सुदुर,
हटाउन व्यथा
भए नि दुर
पितृसत्तात्मक समाज
त्यसै विचको
अर्थतन्त्र राजनीती
रहेका मान्य
परम्परा
अडिग रहेर
समान अधिकारको
समान अवसरका
लागि लड्दै
तपाईं हाम्रा सफलताका लडाईं
परियोजाका कया
सिकाइका कया
दुर्व्यवहारका कया
संघर्ष
पहिचानका
व्यथा भित्र लुकेका
पिडादायी मुस्कानका
कथा ।
चेतनाका कथा
छाउ, कुमारीका
कथा
प्रथा विरुद्धका कथा
अभियानका क्रममा
तनावका कथा,
मेरो कथा
सुनीदिनु बुझिदीनु ।
समान शक्ति, स्वतन्त्रता
प्रतिनीधित्वका कथा
नदेखिएका घर भित्र
मन भित्रका कथा
समग्रमा PLAN को
मेहिनत अनि
सफलताको कथा ।
कार्य, सहकार्य
सिङ्गो, साझेदारीलाई
नमन
४५ वर्षे यात्रा
प्रगतिका पाइलालाई
नमन
लम्की रहनु , बढीरहनु
सन्नु छ, धेरै सुनाउन छ
धेरै
सिक्नु छ धेरै
सिकाउनु छ धेरै
लडीरहनु ,
वदीरहनु, प्रगति पाइला चालिरहनु
शुभकामना, शुभकामना, शुभकामना ।।
ईश्वरपुर -३, सर्लाही