अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

अपाङ्गता भएका लाइ निशुल्क फिजियोथेरापी

एकराज भण्डारी,तुलसीपुर, ३२ साउन । तुलसीपुर-७ कि ख़ुशी डाँगी अहिले नौ वर्षकी भइन् तर विद्यालय जाँदिनन् उनी जन्मेको केही महिनापछि नै उनका हातखुट्टा काम्ने समस्या देखियो । विस्तारै कम्मरदेखि तलको भाग चल्न छोड्यो त्यतिवेला उनका बुवाआमा रोजगारीको सिलसिलामा भारत बस्नुहुन्थ्यो। खुशीको त्यही उपचार भयो तर निको भएन । लामो समय उपचार गर्दा पनि निको नभएपछि उनीहरु घर फर्किए केही महिना अघिदेखि खुशीको परिवारले उनलाई तुलसीपुर-६ इन्द्रनगरमा अपांग समाज सुधार केन्द्रले सञ्चालन गरेको थेरापी सेन्टरमा पुर्याए र थेरापी शुरु भयो। अहिले भने खुशीलाई निको हुन्छ कि भन्ने आशा परिवारमा पलाएको छ त्यति समयसम्म अस्पतालमा उपचार गर्दा पैसा धेरै सकियो तर कुनै फरक भएन । अहिले एक महिना थेरापी गराउँदा धेरै परिवर्तन आएको खुशीकी आमाले बताउनुभयो। ‘डाक्टरले दुई वर्ष लगातार थेरापी गराएपछि निको हुन्छ भन्नुभएको छ। खुशी लागेको छ।” पहिलाको तुलनामा धेरै सुधार पनि भएको छ ।”

 

दुई वर्षको हुँदासम्म हिँड्डुल नगर्ने तुलसीपुर ६ का सुदर्शन देवकोटा दुई वर्ष यता उठ्न हिँड्डुल गर्न सक्दैनन् । उनलाई खुट्टा खुम्चाउँदा या सिधा गर्दा दुख्ने, टाउको सिधा गर्न नसक्नेलगायतका समस्या आएपछि उनको परिवारले अस्पतालको उपचारसंगै थेरापी पनि गराउन थालेको सुदर्शनकी आमा बताउनुहुन्छ ‘अस्पतालको औषधि पनि खुवाउनैपर्छ तर थेरापी सेवा लिन सक्नुहुन्छ । थेरापी पनि गराइरहेका छौं। ओछ्यानमा सुतिरहँदा अप्ठ्यारो भएर होला खुट्टा चलाउँदा रुन्थ्यो । नियमित थेरापी गराउँदा विस्तारै टाउको उठाउने हात, खुट्टा सजिलै चलाउने गर्छ उहाँले भन्नुभयो- ‘लामो समयसम्म उपचार गराएर ठीक नभएकाहरु पनि त्यहाँ थेरापी गराइरहंदा सुधार हुँदै गइरहेको देख्छु त्यसैले मेरो छोरालाई पनि निको हुन्छ भन्ने लागेको छ।

 

• अपांग समाज सुधार केन्द्र केन्द्रीय कार्यालय तुलसीपुर २०७८ चैतदेखि अपांगता भएकाहरूका लागि विशेषज्ञ डाक्टरसहितको फिजियो थेरापी उपचार विधि निःशुल्क उपलब्ध गराएको छ। अहिले अपांगता भएका १० जनाजतीले दैनिक सेवा लिइरहेको केन्द्रका संस्थापक अध्यक्ष हुमकान्त कंडेलले बताउनुभयो । वर्षाको समय भएकोले अहिले सेवा लिनेहरु १०/१२ जना हुनुहुन्छ । वर्षा कम भए लगत्तै दैनिक यो संख्या बढिरहेको छ अपांगता भएकाहरु हातखुट्टा बांगिएका, चलाउन नसक्ने, टाउको उठाउन नसक्ने तथा अन्य वेरापी आवश्यक पर्ने शारीरिक समस्या भएकाहरुलाई निःशुल्क सेवा दिन्छौं’ उहाँले भन्नुभयो साथै अपांगता भएकाहरु थेरापीका लागि आउन चाहेको तर दैनिक आउजाउ गर्न समस्या भएकाहरुलाई संस्थाले नै उपचार हुँदासम्म खाने बस्ने व्यवस्था मिलाउँछ। साथै सांगहरुले पनि नसा च्यापिएको, ढाडको पक्षघात भएको जस्ता समस्या भएमा सामान्य शुल्कमा थेरापी सेवा लिन सक्नुहुनेछ।

संस्थाले थेरापी सेन्टर आफ्नै भवनमा सञ्चालन गरेको छ। त्यसबाहेक पनि मासिक करिब ६० हजारबढी खर्च आउने गरेको कँडेलले बताउनुभयो । गत वर्ष विशेषज्ञ डाक्टर १ जना , दुईजना सहयोगीको व्यवस्था तुलसीपुर उपमहानगरपालिकाले गरिदिएको थियो । अहिले पनि गर्छ भन्ने विश्वास छ। सबै उपचार सामग्रीहरु विद्युतवाटै सञ्चालन हुने भएकोले विद्युत शुल्क पनि वढी नै आउछ पानी पनि उत्तिकै खर्च हुन्छ उहाँले भन्नुभयो- ‘ अहिलेसम्म केही पालिकाको सहयोग र केही दाताहरुको सहयोगमा चलेको छ । अहिलेसम्म आवासीयरुपमा उपचार गराउन आउनुभएको छैन । अपांगता भएकाहरु आवासीयरुपमा उपचार गराउन आउनुभयो भने कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ ।’

आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारी ले लेख्नु भएको‌ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *