
सागर सुबेदी , साउन ३१,दाङ
दाङको तुलसीपुर मा शैक्षिक प्रतिष्पर्धा एकदम रोचक छ । त्यसमा पनि गोर्खा र ज्ञान ज्योति त प्रतिस्पर्धात्मक तरिकाले नै अध्यापन गराउछन । जिल्ला टप , प्रदेश टप, लगायत प्रतिस्पर्धा हुने ठाउँ मा गोर्खा र ज्ञान ज्योति सधै भिडेका हुन्छन । चाहे त्यो खेलकुद को कुरा होस ,चाहे शिक्षा को कुरा : एक अघि एक पछि हुनुले नतिजा प्रकाशन को दिन सबै को चासो को बिषय बन्छ बिद्यालय को नतिजा । विद्यार्थी को नतिजा एकतर्फ त कुन बिद्यालय को बिद्यार्थी टप भन्ने बिद्यालय को नतिजा को चासो अर्को तर्फ ।

यसै प्रतिस्पर्धात्मक समयमा कक्षा १२ को परिक्षा फल नतिजा सार्वजनिक भयो । जसअन्तर्गत व्यवस्थापन संकाय मा गोर्खा मा वि जिल्ला टप भयो त विज्ञान संकायमा ज्ञान ज्योति मा वि जिल्ला टप ।
भर्खरै प्रकासित नतिजामा : गोरखा माध्यामिक विद्यालय तुलसीपुरले ब्यबस्थापन शंकाय अन्तर्गत कक्षा १२ को परीक्षामा जिल्ला मा उच्च जिपिय ल्यायको दावी गरेको छ ।विद्यालयका खेल संयोजक मोहन सुनारका अनुसार विद्यालयमा अध्ययनरत समीक्षा हमालले ३.९१ प्रतिशत अंक प्राप्त गरेकी छन् ।सम्भवतः जिल्लामा उनले नै सबै भन्दा उच्च जिपिय ल्याएको हुन सक्ने सुनारको दावी छ । गोरखाले खेल र शिक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ ।अतिरिक्त क्रियाकलाप र प्रयोगात्मक सीपमा जोड दिदै आएको गोरखा तुलसीपुर पटक-पटक उत्कृष्ट नजिता हाँसिल गर्दै आएको छ । भने यस्तै यता तिर दाङको तुल्सिपुरमा रहेको ज्ञानज्योती मा बि ले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।मंगलबार राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित २०७९/ ०८० को कक्षा १२ को नतिजा अनुसार ज्ञान ज्योति माध्यमिक विद्यालय तुलसीपुरले ९९ जना ‘ए’ प्लस, ६४७ जना ‘ए’, २७८ जना ‘बी’ प्लस ४४ जना ‘बी’ गरी जम्मा १ हजार ६८ जना विद्यार्थी उत्तीर्ण गराउँदै विज्ञान विषयमा दाङ जिल्ला प्रथम भएको छ ।
विज्ञान संकायमा अध्ययनरत सिद्धान्त के।सी ३.८६ जि.पि.ए प्राप्त गरी जिल्ला प्रथम भएको विद्यालयका विज्ञान बिभाग प्रमुख होम राज देवकोटाले बताएका छन । कक्षा १२ को नजिता पनि अपेक्षाकृत नै आएको छ । विज्ञान संकायमा जिल्ला प्रथमसहित झण्डै ११ सय विद्यार्थी उत्कृष्ट नतिजाका साथ उत्तीर्ण हुनु गर्वको कुरा हो उनले भने ।’