अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

चाडपर्वको पूर्वसन्ध्यामा प्यूठान जिल्लाको सदरमुकाम खलङ्गा बजार अनुगमन

सुरज पुन मगर, प्यूठान

नपालीको चाडवाडहरु आउन लाग्दा सदरमुकाम खलङ्गा बजारक्षेत्रमा बजार अनुगमन गरिएको छ। घरेलु तथा साना उघोग बिकास समिति प्युठानको आयोजना तथा जिल्ला प्रशासन कार्यालय प्युठानको नेतृत्वमा बुधबार मल्लरानी गाउँपालिका  वडा नं ४ स्थित खलंगा बजार बसपार्क,डाडापसल लगाएतका ठाउँका पसलहरुमा अनुगमन गरिएको छ।

चाडबाड नजिकिदै गएको र आम उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्यबस्तुहरुमा हुन सक्ने समयसिमा नाघेका , मिसवट बस्तुहरु बिक्रीवितरण हुन सक्ने सम्भावनालाई मध्यनजर गरि बजार अनुगमन गरिएको घरेलु तथा साना उधोग कार्यालय प्युठानका उधोग अधिकृत सरोज भण्डारीले बताउनु भयो।उहाँले बजार अनुगमनलाई सबै सरकारवाला संगको सहकार्यमा निरंतरता गरिने बताउनु भएको छ।बजार अनुगमनको क्रममा म्याद नागेका विभिन्न अखाद्यबस्तुहरु जफत गरि नस्ट गरिएको प्रशासकीय अधिकृत मेघराज सोनिले जानकारी दिनुभएको छ।प्रायः पसलहरुमा बिस्कुट, फुर्टी, जुस, चाउमिन, बियर, दालमोट, चाउचाउ जस्ता बस्तुहरु समयसिमा नाघेका बस्तुहरु भेट्ने गरिएको सोनिले बताउनु भयो।उहाँले मानिसको स्वास्थ्यसंग कसैले खेलबाड गर्न नहुने भन्दै सबै उपभोक्ताहरु सचेत र सजग हुनु पर्ने बताउनु भएको छ।

अनुगमनका क्रममा ब्याबसायी दर्ता भए नभएको , नवीकरण भए वा नभएको , दर्ताभए अनुसारको ब्याबसायी छ वा छैन, म्याद गुज्रिएको बस्तुको अवलोकन र सुझाव दिएको उधोग अधिकृत सरोज भण्डारीले बताउनु भयो। पहिलो पटक सुझाव दिने सामग्री जफत गर्ने र पटकपटक सुझावअनुसार व्यावसायिक संचालन नगरेमा कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने भण्डारीले बताउनु भएको ।प्रशासकीय अधिकृत मेघराज सोनिको संयोजकत्वमा भएको अनुगमनमा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश श्रेष्ठ , उद्योग वाणिज्य संघका प्रतिनिधि , सरोकारवाला, प्रहरी, स्थानीयको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *