चितवनको टिकौली जंगलमा ४ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् ।बुधबार टिकौली जंगलमा पिठुवा बाट शव बोकेर आउदै गरेको बोलेरोसगँ भरतपुरबाट जादै गरेको अक्सफोर्ड कलेजको बस,मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएका हुन् । घाइतेहरुलाई पुरानो मेडिल कलेज र भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
पुर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा एकसाथ ८ वटा सवारी साधन दुर्घटनामा परेका छन्।
शवसहित देवघाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको बोलेरो र विपरीत दिशातिर जाँदै गरेको गैंडाकोटको अक्सफोड कलेजको ना १ क ६१३१ नम्बरको बस एक आपसमा ठोक्किएका थिए। मुख्य राजमार्गमा भएको यो दुर्घटनामा क्रमश बा.प्र.०६-००१ प ९९८१, बा.प्र.०३-००५ प ९७, ना ६२ प ६०३२, बा.प्र.०३-००१ प ४१४७ नम्बरका मोटरसाइकलहरु तथा बा.प्र.०६-००१ प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नम्बरका स्कुटरहरु पनि त्यहीँ ठक्कर खाएका हुन्।