सागर सुबेदी, साउन ३१ , दाङ
पछिल्लो समय दाङको तुलसीपुर लगायत विभिन्न ठाउँहरूमा मकै बाली मा बाँदर, बँदेल तथा मकैमा लाग्ने रोगले , मकै बाली मा नोक्सानी पुर्याएको खबर बाहिरीए सँगै किसान हरु चिन्तित देखिएका छन। मकै फल्ने क्रममा रोग लाग्नु , रातको समयमा बाँदर तथा बँदेल ले नोक्सान गरिदिनु ले किसान लाइ चिन्तित बनाएको हो । यतिकैमा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले एउटा सुचना दिएको :-
सुचनामा लेखिएको छ :- मकै बालीमा लागेको रोग होस् अथवा प्राकृतिक बिपत्तिका कारण बालीनाली नष्ट भएको भए तपसिलका कागजात सहित क्षतिपूर्तिका माग गर्नका लागी वडा कार्यालयमा सम्पर्क गर्नहुन सबै वडाबासीहरुलाई यसै सूचना मार्फत जानकारी गराउदछौँ ।
क्षतिको मागका लागि आवश्यक प्रक्रिया :
१ . जनप्रतिनिधि,प्रहरी,वनका प्रतिनिधिको राेहवरमा क्षतिकाे मुचुल्का
२. कृषि शाखाकाे प्रतिनिधि क्षतिकाे मूल्याङ्कन
३ . जग्गा धनीकाे लालपूर्जा,नागरिकता प्रमाणपत्रकाे फाेटाेकपि
४. वडाकाे सिफारिस , मुचुल्का र क्षतिकाे मूल्याङ्कन लिएर वन कार्यालयमा जाने
उल्लेखित कागजात तथा प्रक्रियाका आधारमा तपाइ ले नोक्सान भएको खेती को क्षतिपूर्ति पाउने व्यवस्था छ ।