अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

आन्दोलनरत शिक्षकद्वारा शिक्षा विकास तथा समन्वय एकाइ प्यूठानमा धर्ना

सुरज पुन मगर ,प्युठान।

अधिकार, पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको भन्दै शिक्षकहरुले आन्दोलन जारी राखेका छन ।नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा मङ्गलबार देशभर ७७ वटै जिल्लामा शिक्षा विकास तथा समन्वय ईकाइमा धर्ना कार्यक्रम गरेको छ ।

शिक्षा ऐनमा रहेका कतिपय प्रावधान शिक्षकमैत्री नहुँदा शिक्षकहरूको पेसागत जीवन नै समस्यामा पर्ने तथा विगतमा शिक्षक तथा विद्यालय कर्मचारीहरूका सङ्घ तथा सङ्गठन र शिक्षक महासङ्घसँग भएका सहमति ऐनमा नै कार्यान्वयन भएर आउने भनिए पनि त्यो नभएको भन्दै नेपाल शिक्षक महासङ्घमा आह्वानमा देशैभरका शिक्षक यति वेला आन्दोलनमा छन्।


महासङ्घले शिक्षकहरूको माग सम्बोधन नगरेअनिश्चितकालीन विद्यालय बन्द हुने समेत चेतावनी दिँदै गत आइतबारदेखि पहिलो चरणको आन्दोलनको कार्यक्रम सुरु गरेको हो ।यसअघि गत आइतवार देशका हरेकमा स्थानीय तहका कार्यालयमा सम्बन्धित पालिकाका शिक्षक-कर्मचारी उपस्थित भई बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म तीन घण्टा धर्ना दिएका थिए । त्यो दिनको आन्दोलनमा पनि ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारी पत्र स्थानीय तहमा बुझाइएको थियो ।

अब साउन ३२ गते बिहीबार सबै प्रदेशका महासङ्घ तथा यसमा आबद्ध संस्थाका प्रदेश समिति तथा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू जम्मा भई प्रदेशको सामाजिक विकास मन्त्रालयमा तीन घण्टा धर्ना दिने कार्यक्रम छ। उक्त दिनमा पनि ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारी पत्र सामाजिक विकास मन्त्रालयमा पेस गर्ने तालिका छ ।
त्यस्तै भदौ १ गते प्रदेश सांसद र संघीय सांसदलाई जानकारी गराउने कार्यक्रम महासंघले बनाएको छ । माग सम्बोधनका लागि केन्द्र केन्द्रिय सरकार लगायत निकायलाई ध्यानाकर्षण गराउने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *