अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत निलम्बनमा : कारण यस्तो !

तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत खिमलाल ओली निलम्बनमा परेका छन् । तत्कालिन उच्च मूल्य कृषि विकास आयोजना सुर्खेतमा लेखा अधिकृत हुँदा भ्रष्टाचार गरेको उजुरीका आधारमा उनि निलम्बनमा परेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माणको काम गर्दा विषय विज्ञबाट प्रमाणित नगरिएको शीत भण्डारको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरी गुणस्तरहीन कामलाई गुणस्तरयुक्त काम गरेको भनि प्रमाणित गरेको बिषयमा उनिसहित १६ जना निलम्बनमा परेका हुन । ओलीले ३ लाख ५३ हजार २ सय ४ रुपैया हिनामिना गरेको आरोप लागेको छ । गएको साउन २५ गते अख्तियारको टोलीले अनुसन्धान गर्दा भष्ट्राचार गरेको ठहर गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको प्रवक्ता दाहालले बताउनुभयो । उनिहरुले ९२ लाख ४३ हजार २ सय ९८ रुपैयाँ बिगो बराबरको सरकारी सम्पती हानि नोक्सानी गरी भ्रष्टाचार गरेको खुलेको छ ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले आफु बाहिर भएको बेला यस्तो घटना भएकोले ओलीको बारेमा जानकार नभएको भन्दै सुचना दिन आनाकानी गर्नु भएको छ । उहाँले यस्ता समाचार किन लेख्न भन्न पर्‍यो र भन्दै पुष्टी नै नभएको बताउनुभयो । तर वलीलाई अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले नै निलम्बनमा परेको जनाएको छ ।

उपमहानगरका अनुसार ओली गत साउन २६ गतेदखि कार्यालयमा उपस्थित भएका छैनन् । उनी २०७९ बैशाख २२ गतदेखि तुलसीपुर उपमहानगरपालिकामा हाजिर भएको उपमहानगरका सुचना अधिकारी बाबुराम न्यौपानेले बताउनुभयो । ।

 

©etulsipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *