अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

बर्दियामा भारी वर्षाका कारण ४३ घर डुबानमा

बर्दिया, साउन २८ । आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बर्दियाको बारबर्दिया नगरपालिका-८ स्थित औरी, भगतपुर र दुद्याका ४३ घर डुबानमा परेका छन् । यस क्षेत्रमा जिल्लाको सबैभन्दा बढी पानी परेको बताइएको छ । डुबान क्षेत्रमा उद्धारका लागि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरू पुगेका छन् । जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुधिर राज शाहीले २४ घण्टामा रम्मापुरमा २ सय २६ दशमलव ४ मिलीलिटर पानी परेको जानकारी दिएका छन् । बर्दियामा यस वर्षभरकै सबैभन्दा बढी वर्षा आज भएको हो । यसैगरी चेपाङस्थित जलमापन केन्द्रमा १ सय ७२ मिलीलिटर पानी परेको उनले जनाए ।

बबई र कर्णाली  जलस्तर बढ्दै गए पनि खतराको चिह्मा पुगेको छैन । बबईको कटानले बबई सिँचाइ आयोजनाले ठाकुरद्धारा स्थित खैलारमा निर्माण गरेको तटबन्धको लन्चिङ जाली बगाएको छ । स्लोभ खस्किन थालेपछि त्यसलाई जोगाउने प्रयास भइरहेको बबई सिँचाइ आयोजनाका प्रमुख शुशील देवकोटाले बताए । स्लोभ बगाए निर्माण भएको पश्चिम नहर जोखिममा पर्ने उनले जनाए ।

सोमबारसम्म वर्षा हुने भएकोले बबई र कणर्ाली क्षेत्रको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताए । ’पानी परिरहेको छ । दिउँसोसम्म बाढीको जोखिम नभए पनि लगातार पानी परिरहेकोले जलस्तर बढ्ने भएकाले सतर्क गराइएको छ,’ अर्यालले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *