दाङ, २७ साउन । अन्तरास्ट्रिय युवा दिवसको अवसरमा तुलसीपुर ग्रिल व्यवासायी संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष जंग प्रसाद वलि को अध्यक्षता एवम संघका सल्लाहकार देव पाण्डे प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले “रक्तदान गर्नु नै जीवन दान हो” हामिले आफ्नो स्वास्थको लागि पनि रक्तदान गर्नु पर्छ भन्दै रक्तदान गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
कृष बोहराको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन तुलसीपुर ग्रिल व्यवासायी संघका उपाध्यक्ष दिपक केसिले ले गरेका थिए।