बिसाल विश्वकर्मा, तुलसीपुर , साउन ३६
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा केन्द्रीय कार्यालय रहेको अपाङ्ग समाज सुधार केन्द्र को १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज तुलसीपुर उपमहानगरपालिका को समिक्षालयमा तुलसीपुर का पूर्व मेयर घनश्याम पाण्डे को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । केन्द्र कि उपाध्यक्ष हरिकला भण्डारी को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा केन्द्र का कोषाध्यक्ष ले गत बर्षको कार्य विवरण प्रतिवेदन वाचन गरेर प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि को रुपमा केन्द्र का संस्थापक अध्यक्ष हुमाकान्त कँडेल, प्रतिमा शर्मा, देवा डाँगी,रेखा शर्मा,खेमराज विश्वकर्मा, वडा नं १६ का वडाध्यक्ष शिवानन्द डि सी, पुष्पा शर्मा , टिकाराम कँडेल लगायत का विशिष्ट अतिथि को आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व मेयर घनश्याम पाण्डे ले केन्द्र को कार्यालय मा पछिल्लो समय अति आवश्यक रहेको भान्सा भवन बनाइदिने प्रतिबद्धता दिएका छन । उक्त साधारण सभा ले केन्द्र को आजिवन सदस्य रहने गरि हुमाकान्त कँडेल , आजात खड्का, नारायण लामिछाने , दोलक बहादुर खत्री लाइ प्रमाण पत्र प्रदान गरेको छ। कार्यक्रमको सन्चालन केन्द्र का सचिव खेन्टु गिरी ले गर्नुभएको थियो ।