सागर सुबेदी, साउन २६ , तुलसीपुर
दाङको तुलसीपुरमा रहेको डिभाइन टेम्पल बोर्डिङ स्कुलमा कक्षा १२ मा व्यवस्थापन संकाय अन्तर्गत व्यवसायीक अध्ययन अध्ययनरत विद्यार्थी हरुले तुलसीपुर को विभिन्न स्थानमा अभ्यास व्यापार गरेका छन ।
तुलसीपुर स्थित बाहिनी चोक , घोराही रोड र लोकसेवा कार्यालय अगाडि विद्यार्थी हरु अभ्यास व्यापार मा व्यस्त देखिन्थे । उनिहरूले फलफूल , चिया कफि, शैक्षिक सामाग्री , अर्गानिक चटपटे बेचेर अभ्यास व्यापार गरेका हुन ।
बिद्यालयले गत वर्ष देखि सन्चालन गरेको अभ्यास व्यापार कार्यक्रम मा विद्यार्थी हरुले आफुलाई आवश्यक पर्ने सामग्री कहाँ बाट , कति मूल्य मा कसरी खरिद गरि कसरी बेच्ने ? व्यापार व्चुयवसाय मा चुनौती हरु के कस्ता हुन्छन भन्ने कुरा वास्तविक अभ्यास बाटै सिकुन भन्ने उद्देश्यले यो कार्यक्रम लिइएको विद्यालय श्रोत ले जनाएको छ भने।
पढ्दै गर्दा आफुलाइ यसरी अभ्यास व्यापार मार्फत प्रत्यक्ष रुपमा व्यापार व्यवसाय सँग सम्बन्धित अधिकांस कुरा सिकाएको विद्यार्थी हरुले विद्यालय लाइ धन्यवाद दिदै आफुहरु यो स्कुलमा पढेको मा गर्व महसुस रहेको बताएका हुन ।