अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन’ बोलको तिज गित सार्वजनिक(भिडियो सहित)

तुलसीपुर,२२ साउन । दाङका सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन’ बोलको तिज गित सार्वजनिक भएको छ । चलचित्र पत्रकार सघं दाङले सोमवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि कुमालको शब्द÷रचना रहेको तिज गित ‘भो फुपै लाउदिन’ सार्वजनिक गरेको हो ।

चलचित्र पत्रकार सघं दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीले पछिल्लो समय भड्किलो बन्दै गएको समाज र आधुनिकिरण बन्दै गएका संस्कार संस्कृतीलाई यस गितले सकारात्मक सन्देश दिने बताए । ‘तिज पर्वको जुन मर्म थियो,त्यसलाई पछिल्लो समय बढी नै आधुनिकिकरण गरिएको गुनासो पनि निकै पाइन्छ,त्यसैले तिजलाई कसरी सामान्य रुपमा मनाउने र संस्कृती संरक्षणको सवालमा कसरी जोड्न सकिन्छ भन्ने हिसावले गितले केही सन्देश दिएको छ,अध्यक्ष केसीले भने ।’

परम्परादेखि नै पश्चिम भेगमा गाउने तिज गितहरुमा चेलीका बेदना पस्कने एउटा महत्वपुर्ण माध्यमको रुपमा लिइएको पर्वमा गाउने गरेका शब्दहरुलाई संकलन गरेर एउटा इतिहासमा अभिलेखीकरण गर्नका लागि भोलीका दिनमा हामीले हाम्रा पुराना भाका खोज्दा देख्न सक्ने गरि महत्वपुर्ण काम भएको भन्दै चर्चा गरे । ‘कला संगीत र यस क्षेत्रको संस्कृती संरक्षणका लागि यो महत्वपुर्ण कदम हो,उनले भने,‘कला–गित संगीत र संस्कृतीसगं पहिचान जोडिएर आउने भएकोले यस गितका लय शब्दले यस क्षेत्रको पहिचान दिनेखालका प्रस्तुतीहरुले सिंगो राप्ती क्षेत्रलाई चिनाउन मद्धत गर्नेछ ।’

कार्यक्रममा साहित्यकार एवं पत्रकार बसन्त आचार्यले तिज गितले ठुलो भाब बोकेको र यसले दुईवटा पुस्ताको द्धण्द्धलाई देखाउन खोजिएको बताए । उनले यस गितले निम्न वर्गमा मान्छेहरु पनि तिज मनाउन र रमाउन सक्छन भन्ने सन्देश दिएको तर्क गरे । कुमालको शब्द रचनामा रहेको भो फुपै लाउदिन भन्ने तिज गितमा स्वर÷लय टीका पुनको रहेको छ ।

गितको भिडियोमा मोडेल आरुसी मगर,मनकुमारी विक लगाएतको अभिनय रहेको छ । दिपकको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको भिडियोलाई झग्गु भण्डारीले निर्देशन गरेका हुन । चलचित्र पत्रकार सघं दाङका कोषाध्यक्ष भुपेस वलि स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन ।

©gsamachar

Leave a Reply

Your email address will not be published. Required fields are marked *