अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

अधिवक्ता पाण्डेलाई कारवाहीको माग राख्दै बुझायो नेपाल मगर संघ प्यूठानले ज्ञापनपत्र

सुरज पुन मगर, प्यूठान।

अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारवाहीको माग राख्दै नेपाल मगर संघ प्युठानले ज्ञापन पत्र बुझाइएको छ । एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिएकाले कानून बमोजिम हदैसम्म सजाय दिइनुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको हो ।

साेमबार प्रमुख जिल्ला अधिकारी मदन कोइराला मार्फत गृह मन्त्रालय काठमाडौँमा पठाउने गरी साे ज्ञापनपत्र हस्तान्तरण गरिएको हाे । मगर संघ प्युठानले अधिवक्ता पाण्डेले दिएको अभिव्यक्ति विरुद्ध संयुक्त रुपमा शान्तिपूर्ण विरोध प्रर्दशन पनि गरेकाे हाे ।

पाण्डेले सिङ्गो मगर र तामाङ्ग लगाएत आदिवासी समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले व्याख्या गरी आनुवांशिक रुपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्नेगरी दिएको कपोकल्पित र भ्रामक तथा तथ्यहिन अभिाव्यक्ति आफूहरूकाे आत्मसम्मान र प्रतिष्ठामा गम्भिर चोट पुगेकाले उक्त अभिव्यक्ति प्रति आन्दोलनमा उत्रिनु परेकाे ज्ञापन पत्रमा बताइएकाे छ ।

 

सोही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गरिरहेका अभियन्ताहरुलाई नियन्त्रणमा लिएर यातना दिएकोमा पनि उनीहरुले आपत्ति जनाएका छन् । यातना दिने परिसरका प्रहरी प्रमुखलगायत संलग्न सबै प्रहरीलाई कारबाही गर्न माग गरिएको छ । घाइते अभियन्ताहरुलाई उपचार खर्चसहित उचित क्षतिपूर्ती दिन पनि ज्ञापनपत्रमा माग गरिएको छ । आफ्ना मागलाई सम्बाेधन नगरे कडा भन्दा कडा आन्दोलनमा उत्रिने समेत उनीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *