अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

नोबेल साकोस साहित्य संस्थाको नियमित रचना वाचन कार्यक्रम सम्पन्न 

किस्मत खतिवडा, बिराटनगरसाउन २०

काठमाडौमा केन्द्रिय कार्यालय रहेको नोबेल साकोस साहित्य संस्था बिराटनगर शाखाको मासिक कार्यक्रम २०८०/०४/२० गते बिराटनगरको लेखनाथ सभाकक्षमा साहित्यिक गोष्ठी सहित रचना वाचन गरेर सम्पन्न भएको छ।

प्रत्येक महिनाको तेस्रो शनिबार आयोजित हुने साकोस साहित्य संस्था बिराटनगर शाखाको यो कार्यक्रम नियमित कार्यक्रम हो। श्रावण २० गते सम्पन्न साहित्यिक कार्यक्रमको सभापतित्व संचालक सदस्य मन्जु घिमिरे दाहालले गर्नु भएको थियो।संस्थाका सह सचिब सुजता राईले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष तथा नोबेल साकोस साहित्य संस्थाका सल्लाहाकार बाबुराम पोखरेल प्रमुख अतिथि रहनु भएको थियो।

वरिष्ठ साहित्कार/साहित्यकारहरु हरिप्रसाद बराल , भवानी प्रसाद पोखरेल, गोपाल निर्भिक ,भुपाल अधिकारी, ऋषि तिवारी, कविता केशरी, शान्ता भट्टराई मनि रिजाल ,किस्मत खतिवडा, समाजसेवी तथा संस्थाका आर्थिक सल्लाहकार

सीता लामिछाने लगायतको उपस्थितिमा साहित्यिक अन्तरक्रिया हुनुको साथै उपस्थित सर्जकहरुले आफ्ना आफ्ना रचना पनि वाचन गर्नुभएको थियो।

नव प्रतिभाहरुलाई प्रेरित गर्न मन्च उपलब्ध गराउदै आएको नोबेल साकोस साहित्यिक संस्थाको उक्त कार्यक्रममा साना नानीहरु आकृति राई र आज्ञा राईले आ- आफ्नो प्रस्तुति देखाएका थिए। प्रतिभावान नानीहरुलाई कार्यक्रममा सभापति मन्जु घिमिरे दाहालले अझ प्रेरणा मिलोस भन्दै उपाहार पनि प्रदान गर्नुभएको थियो। सो कार्यक्रममा उपस्थित सर्जकहरु र उपस्थित अतिथि पाहुनाहरुलाई स्वागत /सम्मान संस्थाका सदस्य किस्मत खतिवडाले मन्तव्य बाट गर्नु भएको थियो भने सभापति मन्जु घिमिरेले संस्थाको उदेश्य र कार्यक्रमको बारेमा मन्तव्य राख्नु हुँदै कार्यक्रममा उपस्थित भएर साथ सहयोग र उर्जा प्रदान गर्ने सबैलाई आभारका साथ हार्दिक धन्यवाद व्यक्त गरेर कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *