अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

कविता : आमा – सौगात घिमिरे

अज्ञानरूपी याे संसारमा पाइला टेक्न पुगेँ
आमा पहिलाे बास त तिम्राे काेखमा भेटेँ
जन्मायाै मलाई हुर्कायाै पाइला चाल्न सिकायाै
आमा मेराे हर दु:ख अनि कष्ट त तिम्ले अँगाल्याै।

चाेट लाग्छ शरीर दुख्छ तिम्राे नाम लिन पुग्छु
काम बिगार्दा बुवाबाट बच्न तिम्राे आड लिन्छु
सबैले मुटु दुखाएकाे बेला एक तिमी त छाै आमा
जसलाई म हरपल सम्झन पुग्छु।

सारा पीडा भुल्छु आमा जब निधारमा तिम्राे हात हुन्छ
कस्ताे जादु छ तिमीमा स्पशर्शिएसी तिम्ले बेचैन मन पनि शान्त हुन्छ
तिम्रै उपस्थितिमा बाँचेकाे छु म आमा
हरेक कठिनाई र दु:ख पनि सजिलै अन्त्य हुन्छ

जन्म मात्र दिएनाै मलाई मेराे अस्तित्व पनि बुझायाै
जीवनका हरेक पाठहरूलाई सामना गर्ने साहस दिलायाै
तिमी मायाकी खानी हाै ममताकी धनी हाै
भगवान अन्त खाेज्दिन मेराे जीवित भगवान त तिमी हाै।

संसारकाे कुनै कुरा तिमीभन्दा मुल्यवान छैन
आमा तिमीभन्दा त अर्काे कुनै संसार छैन
पृथ्वीभन्दा पनि ठुलाे छाै तर यहाँकाे चट्टानजस्ताे कठाेर छैनाै
आकाशभन्दा फराकिली छाै तर आकाशबाटै झर्ने ठाेस असिना हैनाै

आमा तिमी पवित्र देवी हाै
आमा तिमी शहनशीलताकी मुर्ती हाै
दुनियाँका हरेक कुरा फिका लाग्लान्
तर आमा मेराे लागि तिमी सबैभन्दा माथि छाै।

थहा छैन यो मेरो जीवन चल्छ कतिन्जेल
तर वाचा भयो आमा खुसी राख्छु तिमिलाई म बाचिन्जेल

बिर्तामोड-७,झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *