अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

राष्ट्रिय किशोर सञ्जाल नेपालको दोस्रो बार्षिक उत्सव सम्पन्न

राष्ट्रिय किशोर सञ्जाल नेपालको दोश्रो वार्षिकोत्सव समारोह -२०८० सम्पन्न सम्पन्न भएको छ।

लैङ्गिक हिंसा अन्त्य गर्न र लैंगिक समानता कायम राख्न पुरुष सहभागिता जरुरी छ भन्ने उद्देश्यले २०७८ श्रावण १४ गते स्थापना भएको सञ्जालले लैङ्गिक हिंसा अन्त्य,लैङ्गिक समानता,बाल अधिकार, किशोरका सवाल र किशोरी संग सहकार्य गर्ने कार्यलाई प्राथमिकता दिइएको सञ्जालका उपाध्यक्ष निर्देश सुवेदीले जानकारी गराए।

वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँ,बिशिष्ट अतिथिहरु वरिष्ठ बाल अधिकार अभियन्ता तथा मानव अधिकारकर्मी, सिविन नेपालका संस्थापक अध्यक्ष तथा बालबालिका राष्ट्रिय गौरव हुन् का प्रणेता गौरी प्रधान, सिविन नेपालका अध्यक्ष माधव प्रधान,वरिष्ठ बालअधिकारकर्मी तारक धिताल, वरिष्ठ बालअधिकारकर्मी तिलोत्तमा पौडेल,अतिथिहरु बालिका दुलही होइनन् नेपालकी राष्ट्रिय संयोजक निरीजना भट्ट, बाल अधिकारकर्मी नरेन्द्र डंगोल,अनिल रघुवंशी,विभिन्न नागरिक समाजका प्रतिनिधि,राष्ट्रिय किशोर सञ्जाल नेपालका केन्द्रीय सदस्यहरु, सातै प्रदेशका प्रदेश सञ्जालका किशोरहरु, राष्ट्रिय किशोरी सञ्जालका पूर्व पदाधिकारी,वर्तमान कार्यसमिति सदस्यहरु,प्रदेश सञ्जालका किशोरीहरु,विभिन्न बाल क्लब/ सञ्जालका बालबालिका साथीहरुहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा केन्द्रीय सदस्य फिरोज खड्काले दुईवर्षमा सञ्जालले हासिल गरेका प्रगति विवरण बारे जानकारी गराएका थिए।
अतिथिहरुले सञ्जालको दोश्रो वार्षिकोत्सवको अवसरमा बधाई सँगै थप उचाइमा पुग्न भनी शुभकामना दिएका छन्। किशोर सञ्जाल गरेको काम प्रति आफू एक कुशल अभिभावक भएर साथ सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन्।

वार्षिकोत्सव समारोहलाई समापन गर्दै सञ्जालका अध्यक्ष विजयराज जोशीले सञ्जाललाई सधैं साथ सहयोग सल्लाह सुझाब तथा मार्गदर्शन प्रधान गर्ने सम्पूर्ण प्रति आभारी रहेको बताए। सञ्जाल ले गर्नु पर्ने केही कार्यक्रम रहेकाले अलि ढिलो भए पनि अबको केही दिनमै सञ्जालले नयाँ नेतृत्व पाउने समेत जानकारी गराए।

अध्यक्ष विजयराज जोशीको अध्यक्षतामा सुरु भएको समारोह सञ्जालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश किशोर सञ्जालका संयोजक दिपेन्द्र गौतमले समारोह सञ्चालन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *