अपडेट
दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव ) राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

आउदो बजेटदेखि ग्वारखोला हाइड्याम्प टेन्डरमा लैजाने तयारी छ ः मन्त्री मास्की 

तुलसीपुर,१४ साउन ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कील दाङको तुलसीपुर स्थित ग्वारखोला जलाशयको काम आगामी बर्षदेखि सुरु गर्ने गरि तयारी थालेको बताउनु भएको छ । विजौरी उद्योग बाणिज्य संघले आइतबार गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री मास्कीले प्रदेशको गौरबको आयोजनाका रुपमा उक्त जलासयलाई अघि बढाएको समेत बताउनुभयो । “ग्वारखोला हाइड्याम्पलाई प्रदेशको गौरबको योजनाका रुपमा अघि बढाएर आगामी बजेटबाट टेण्डरमा लैजाने गरि तयारी गरेका छौं”,उहाँले भन्नुभयो“अहिलेको बजेटबाट सम्भाब्यता अध्ययनको काम हुन्छ ।”

प्रदेश सरकारले हाल सम्भाब्यता अध्ययनकालागि एक करोड रुपैँया छुट्याएको छ । सोही जलाशय निर्माण भएमा यस क्षेत्रको सिंचाईको समस्या हल हुने उहाँले बताउनुभयो । त्योसंगै खानेपानी, पर्यटनलगायत सोही क्षेत्रको जीवनस्तर सुधारमा टेवा पुग्ने उहाँको भनाई थियो ।

साथै उहाँले विजौरी बजारको थप विकासकालागि प्रदेश सरकारले पहल थालेको बताउनुभयो । थारु राजा दंगीशरणले राज गरेको सुकौराकोटको इतिहास जोगाउनकालागि पनि प्रदेश सरकारले बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो ।“राजाले राज गरेको स्थानका थुपै्र अवशेषहरु छन, त्यसलाई हामीले विकास गर्नुपर्छ, त्यो भनेको इतिहास हो”,उहाँले भन्नुभयो“त्यसकालागि अहिले पनि आफूले बजेट छुट्याएको र आगामी बर्ष पनि छुट्याइनेछ ।”

थारु समुदायले नै दाङको मानव सभ्यताको इतिहास जोगाएको भन्दै थारु समुदायको इतिहासलाई जोगाउनु पर्ने उहाँको भनाई थियो । त्यस्तै उहाँले तुलसीपुर १९ स्थित संग्राम ब्यारेकमा जनयुद्धका घाइते,अपाङ्गता भएका ब्यक्तीहरुकालागि स्याहार केन्द्र स्थापना गर्नकालािग सम्भाब्यता अध्ययनको काम भइरहेको समेत बताउनुभयो ।

संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का अध्यक्ष प्रेमनाथ योगी, पूर्व सल्लाहकार विष्णु चौधरीलगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

बाणिज्य उपाध्यक्ष डिल्ली खत्रीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब दिपक बस्नेतले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *