तिमि कुरेर बसि राख मेरो मृत्युलाई
मलामीहरु तयार पारी राख फुल छर्किनलाई
म छिट्टै फर्किने छु, तिमिले श्रिङ्गारेको चितामाथी जल्नलाई ।
तिमी त्यतिन्जेलसम्म पर्खी बस्नु मेरो मृत्युलाई
जतिन्जेल सम्म तिमी आफूले आफूलाई जिवित
पाउदछौँ ।
म त उहिले भावानमा जलेर हिँडेको मान्छे
न त बाँच्नलाई कुनै रहर छ , न त मर्नलाई नै कुनै बाध्यता
त्यसैले
भन अब तिमी मेरो लागि के के गर्न सक्छौ ?
जब कि तिमिले दिइने मृत्यु पनि मेरो लागि
एक ठुलो अवसर बन्ने छ ।
तिमी खुब हास्नु भक्कानो छाडी म जलेको देखेर
म तिम्रो हासोलाई स्थिर राख्नका निमित्त पनि जलिरहने छु
आफैंलाइ मेटेर !!
तिमी बार्हैमहिना फुलिरहनु बारमास्से फुल जस्तै
तिमी परन्तुसम्म उदाइराख्नु बिहानीको किरण जस्तै
तिमी अजम्बरी भइ बाची राख्नु यी घाम र जून जस्तै
तर,,
तर यदि तिमी फुल्दै गर्दा तिम्रा काँडाहरुले नै
तिमिलाइ कहिले नबिझाउन ,
यदि बिझाएको खण्डमा म एक ऋतु बनेर फर्किने छु
तिमिलाइ बचाउन ।
हो ! यदि तिमी फुल्दै गर्दा तिम्रा काँडाहरुले नै
तिमिलाइ कहिले नबिझाउन ,
यदि बिझाएको खण्डमा म एक ऋतु बनेर फर्किने छु
तिमिलाइ बचाउन ।
कसैको मृत्यु पर्खिदा पर्खिदै यदि आफ्नै थकित
शरीरलाई बिसाउन हातमा डोरि बोकेर डाँडा
खेतमा गयौं भने पनि,
म डाँडा खेतको मौवाको सेउला काट्ने बाहनमा
त्यही बाटो फर्किने छु, तिम्रो मृत्युलाई रोक्न र म
मेरो मृत्युलाई बिसाउने छु तिम्रो चौतारीमा ।
हो, र म मेरो मृत्युलाई बिसाउने छु तिम्रो चौतारीमा ।
त्यसैले तिमी पर्खी बस्नु है! म छिट्टै फर्किने छु ,,
हो !म फर्किने छु ।
धन्यवाद ,,
विनोद थापा वृयन
कमल गाउँपालिका १,झापा