अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

भ्रष्टाचार अन्त्य गर्न सरकारलाई सबैले सहयोग गर्नुपर्छ ः मन्त्री मास्की

देउखुरी  ,११ साउन ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले भ्रष्टाचार अन्त्य गर्नकालागि सरकारले थालेको कदमलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । सहकारी केन्द्र नेपाल लुम्बिनी प्रदेशको प्रथम भेलामा मन्त्री मास्कीले सरकारले भ्रष्टाचार अन्त्य गर्नकालागि नयाँ क्रान्तिको थालनी गरेको भन्दै यसमा सबैले हातेमालो गर्नुपर्ने बताए ।‘हामीले १० बर्षे जनयुद्ध तथा बिभिन्न आन्दोलनबाट गणतन्त्र स्थापना गरेका छौं, ब्यबस्था परिबर्तनको लडाई सकिएको छ, अब आर्थिक समृद्धिको लडाईमा हामी होमिएका छौं’,उनले भने‘भ्रष्टाचार अन्त्य गर्न सके नै मुलुकमा आर्थिक र विकासले फड्को मार्छ, त्यसैले पार्टी र सरकारले थालेको भ्रष्टाचार विरुद्धको क्रान्तिमा सबैले सहयोग गर्नुपर्छ ।’

आम नागरिकको सहयोगमा झनै सरकारलाई भ्रष्टाचार विरुद्ध नयाँ-नयाँ फाईल खोल्न आँट आउने समेत उनले बताए । साथै लुम्बिनी प्रदेश सरकारले सहकारी मार्फत स्वरोजगार प्रदान गर्नकालगि बजेट बिनियोजन गरेको बताए । विहीबार राप्ती गाउँपालिकाको हलमा भएको कार्यक्रममा मन्त्री मास्कीले यस्तो बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *