पन्च तत्त्वले बनेको मेरो एउटा भौतिक शरीर छ,,
एक दिन पन्च तत्वमा नै विलीन हुने जिकिर छ।
ईश्वर भित्र हामी छौं या हामी भित्र छ त्यो सत्य,,
न बुझेछी के हो के हो बुझेपछि झन गम्भीर छ।
सजिलो त कहाँ छ र त्यो गुँड छोडी भुरर उड्न,,
जिन्दगी भर माया, मोह,अहंकारको जन्जिर छ।
तिमी आफै स्थितप्रज्ञ छु म भनी घोषणा गर्छौं,,
न छ चित्त वृती शुद्ध, न त मन तिम्रो स्थिर छ।
तिर्थराज खनाल