अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

नेपाली फिल्म : कथावस्तु कमजोर, गीत-सङ्गीत सशक्त

काठमाडौं, पुस १२ । नेपाली फिल्मको सफलताको कारण गीत–सङ्गीत बन्ने गरेको छ । गीत-सङ्गीत लोकप्रिय भएका फिल्मलाई घरेलु बक्स अफिसमै दर्शकको राम्रो साथ प्राप्त हुने गरेको पाइन्छ । प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायतका फिल्मको सिरिज नै बनिरहेका छन् ।

कथावस्तु कमजोर भए पनि यी फिल्म हेर्न हलमा दर्शक राम्रै प्रस्तुत भए । प्रचार–प्रसारको सशक्त माध्यम मानिएता पनि केही समययता भने गीत–सङ्गीतमा उलेख्य लगानी भएको पाइँदैन ।

पहिलेको तुलनामा गीत–सङ्गीतलाई भिडियोमा ल्याउँदा भव्यतामा कमी आएको स्वीकार गर्छन् सङ्गीतकार अर्जुन पोखरेल । “केही गीत–सङ्गीतको राम्रो भिडियो बन्ने गरेको छ । यद्यपि यो सङ्ख्या कम छ”, सङ्गीतकार पोखरेल भन्छन्, “फिल्ममा आउने गीत–सङ्गीतमा जति भव्यता भयो त्यति नै प्रचार–प्रसार हुन्छ । एकलरूपमा एल्बममा आउने गीतले धेरै दर्शक पाउँदैनन् ।”

उनको सङ्गीत रहेको फिल्म स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीतहरू नै थिए ।

केही दिन अगाडि सार्वजनिक भएको ‘डिसेम्बर फल्स’ फिल्ममा समावेश फकाउनै जानिन बोलको गीतको भिडियोमा दुई सयको हाराहारीमा डान्सर प्रयोग गरिएको छ ।

चार दिन छायाङ्कन गरिएको गीत अडियोअनुसार बनेको नृत्य निर्देशक रामजी लामिछानेले बताउँछन् । “काममा स्वतन्त्रता धेरै समयपश्चात पाइयो । बजेटकै कारण निर्माता गीतलाई राम्रो बनाउन कन्जुस्याइँ पनि गर्नुहुन्छ”, उनले भने । उनी निर्माताको बजेटअनुसार काम गरेको उनको अनुभव छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *