चीन, पुस १२ । चीनले आगन्तुकका लागि गरेको अनिवार्य क्वारेन्टाइनको व्यवस्था आउँदो हप्तादेखि अन्त्य गर्ने घोषणा गरेको छ ।
शून्य कोभिड नीति कार्यान्वयन गरेको चीनले नयाँ वर्षको पहिलो हप्तादेखि आगन्तुकले क्वारेन्टाइन बस्नु नपर्ने जनाएको हो । कोभिडका बिरामी बढिरहेको र अस्पतालमा बिरामीको चाप बढिरहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी चिनफिङले मानिसको ज्यान जोगाउन सहज नीति लिन अनुरोध गरेका छन् ।
चीनले कोरोनाको तथ्याङ्क सार्वजनिक गर्न छाडिसकेको छ । तर दैनिक हजारौं नागरिकले कोभिडका कारण ज्यान गुमाइरहेका बीबीसीले जनाएको छ ।
सन् २०२० को मार्च महिनादेखि चीन पुग्ने हरेक नागरिकलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरिएको थियो । तर सुरुमा ५ दिनको व्यवस्था गरिएकोमा पछि घटाएर ३ दिनमा झारिएको थियो । एजेन्सी