अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

पोखरा, पुस १२ । पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगिताअन्तर्गत १२ इभेण्टमा प्रतिस्पर्धा हुने भएको सङ्घका अध्यक्ष सुशीलकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उनका अनुसार प्रतियोगितामा काठमाडौँ, कञ्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाहीलगायतका २५ जिल्लाबाट तीन सय बढी खेलाडी सहभागी हुँदैछन् ।

प्रतियोगिताको खुला पुरुष एकल तथा डबलतर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सोही इभेण्टमा द्वितीय हुनेलाई रु ३० हजार र तृतीय हुनेलाई रु २० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत महिला एकल तथा डबल, मिक्स डबल, ३५ वर्षमाथिको डबल पुरुष उमेर समूह, ४५ वर्षमाथि डबल पुरुष, ५५ वर्षमाथि डबल पुरुषतर्फको विधामा विजेता टोलीले जनही रु ३० हजार, उपविजेताले जनही रु २० हजार र तेस्रो हुनेलाई जनही रु १० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष श्रेष्ठले बताए ।

जुनियर खेलाडीको प्रोत्साहन गर्ने उद्देश्यले १२ वर्षमुनिका खेलाडी सहभागी (यु–१२) र १७ वर्षमुनिका खेलाडी सहभागी (यु–१७) पुरुष तथा महिलातर्फको विधामा प्रतिस्पर्धा हुने भएको छ । सो इभेण्टमा विजेता खेलाडीले जनही रु १५ हजार, दोस्रो हुनेले रु १० हजार र तेस्रो हुनेललाई रु पाँच हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्का सचिव फडिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *