अपडेट
आज असोज १९ गते शनिबार को राशिफल हेर्नुहोस एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

सत्ता गुमेपछि देउवा र निकटस्थमाथि खनिए कार्यकर्ता

पुस १२ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ । पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले सत्तामा सबै पद गुमाएको भन्दै सामाजिक सज्जालमा नेताकार्यकर्ताले देउवाको आलोचना गरेका हुन् ।

पार्टीका जिम्मेवार नेता कार्यकर्ताले नै देउवासहित आरजु राणा, डा। प्रकाशशरण महत, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, उनकी पत्नी मज्जु खाँण, नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह र एनपी साउदसमेलाई लक्षित छरपष्ट गालीको वर्षा भएको छ ।

उनीहरूके कारण देउवालाई उचालेर राज्यका सबै संरचनामा पार्टीलाई शून्यतातर्फ झारेको उनीहरूको आरोप छ । नेता गुरुराज घिमिरेले त पार्टी सभापति देउवाले संसदीय दलको नेता सभापतिबाटै नैतिकताका हिसाबले राजीनामा दिनुपर्ने बताए ।

आम निर्वाचन २०७९ को सबै परिणाम आएपछि नयाँ सरकार गठनका लागि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताबीच भएको चरणबद्ध छलफलमा आलोपालो प्रधानमन्त्री बन्दा पहिलो पालोमा को भन्ने विषयमा कुरा नमिल्दा कांग्रेसले सबै पद गुमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *