अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

विद्यालयमा छुवाछुतको पराकाष्ठा

पुस १२ । जयपृथ्वी नगरपालिका–८ का असिम विक कक्षा २ मा पढ्छन् । गाउँनजिकैको जालपा आधारभूत विद्यालयमा अध्ययनरत विकसँगै अन्य १४ बालबालिका एउटै कक्षा कोठामा मिलेर लेखपढ गर्छन् । १५ मध्ये अन्य गैरदलित बालबालिका हुन् । दलित समुदायका बालक असिम मात्रै हुन् । त्यसो त, कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा कुल ८८ बालबालिका छन् । जसमध्ये ३२ बालबालिका दलित समुदायका र ५६ गैरदलित समुदायका छन् । विद्यालयमा एक कार्यालय सहयोगीबाहेक अन्य ७ शिक्षकशिक्षिका छन् । कक्षा कोठामा खेल्दा, बस्दा साथीसँगै हुने असिम विद्यालयबाट पाइने खाजा खाँदा भने एक्लै हुन्छन् । उनको कक्षा कोठाका सबै साथी नास्ता खान घर पुग्छन् ।

उनी भने विद्यालयबाट खाजा खान घर जाँदैनन् । विश्व खाद्य कार्यक्रमको सहयोगमा सो विद्यालयमा ‘विद्यालय दिवा खाजा कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, प्रारम्भिक तह पढाइ कार्यक्रम र स्थानीय उत्पादनमा आधारित दिवाखाजा कार्यक्रम’ लागू छन् । यी कार्यक्रमअन्तर्गत आवश्यक पोष्टिक आहार सन्तुलन मिलाई खाजा पकाइन्छ । असिम यहीँ खाजा खान्छन् ।

तर, उनको कक्षाकोठाका साथी घर जान्छन् । असिम प्रतिनिधि पात्र मात्रै हुन् । उनीसँग खाजा खाने अन्य दलित समुदायका बालबालिका मात्रै हुन्छन् । गैरदलित समुदायका भने कोही घर जाने र कोही विद्यालयमै खाजा ल्याएर खाने गरेका छन् । कार्यालय सहयोगी दलित समुदायको भएका कारण ‘आफूहरूले विद्यालयमा खाजा नखाने गरेको’ गैरदलित समुदायका बालबालिका स्वीकार्छन् ।

गैरदलित समुदायकी एक बालिकाले भनिन्, ‘खाजा खाने मन त हुन्छ नि १ हामीलाई पढाउने शिक्षकशिक्षिका नै खान मान्नुहुन्न । उहाँहरू नै खानुहुन्न भन्नुहुन्छ । अनि हाम्रो घरपरिवारका सदस्यले पनि नखानु भन्छन् । अनिष्ट हुने राम्रो नहुने भनेपछि हामी पनि डरले खाँदैनौं ।’ अर्का विद्यार्थीले भने ‘केही समयअघि आफूले विद्यालयमा पकाएको खाजा खाएको तर त्यो नास्ता खाएपछि पेट दुखेकाले नखाएको’ बताउँदै चलाखी गर्न खोजेको देखिए ।

अर्का एक बालिकाले ‘घरमा पूजाआजा गर्ने भएका कारण र अभिभावकले विद्यालयमा पाकेको नास्ता खानुहुन्न भनेकाले विद्यालयको नास्ता छोडेर घरमा गएर खाजा खाने गरेको’ सुनाए । तर, उनीहरू ‘सरहरूले खाए आफूहरू पनि खाने’ बताउँछन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *