अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

सत्ता गठबन्धनको निर्णायक बैठक आज

काठमाडौं, पुस १० । नयाँ सरकार निर्माणमा भागबण्डाको सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आइतबार बस्दैछ । नेताहरुले आजको बैठकलाई ‘निर्णायक’ भनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा साँझ ५ बजे सकिन लागेकाले सो अघि नै सहमति जुटाउन पहल हुने गठबन्धनका नेताहरुको भनाइ छ ।

यसअघि शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठक आइतबार बिहान फेरि बस्ने गरी सकिएको थियो । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आ–आफ्नो दाबी नछाडेपछि निरन्तरका बैठकहरु निष्कर्षविहीन बन्दै आएका छन् ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री को हुने भन्ने कुराले सहमतिमा हलो नअड्किने जिकिर गरेका छन् । ‘अहिलेको सन्दर्भमा प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण विषय हो । यसमा हलो अड्किन्न । मुलुकलाई अहिलेको जनताको आकाङ्क्षाअनुसार कसरी अगाडि बढाउने भन्ने कुरा हो । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ’, सञ्चारमन्त्री कार्कीले भने ।

पूर्वसहमतिअनुसार कांग्रेसले दोस्रो कार्यकालमा प्रधानमन्त्री लिने र पहिलो कार्यकालमा माओवादीले लिने सहमति भएपनि अहिले आएर देउवाले दिन आनाकानी गरेको माओवादीका नेताहरुले गुनासो गर्दै आएका छन् । कतिपय माओवादी नेताहरुले पूर्वसहमति कार्यान्वयन नभए गठबन्धनको औचित्य सकिने समेत तर्क गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *