अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना

काठमाडौं, पुस १० । प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात् प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको उल्लेख गरिएको छ ।

उनले यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ क्रिसमस पर्वको शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *