अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

गठबन्धन कुनै पनि हालतमा टुट्दैन : मन्त्री कार्की

काठमाडौँ, पुस ९ । प्रधानमन्त्री चयनका बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष बिहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको गठबन्धनको बैठकमा पहिला को प्रधानमन्त्री भन्ने बिषयमा सहमति जुट्न नसकेको हो ।

गठबन्धनभित्र कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवाद छ । बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनमा बिभिन्न बिकल्पमा छलफल भएको र बैठक सकारात्मक भएको जानकारी दिए ।

उनले जनताको अभिमतलाई सम्मान गर्दै गठबन्धनलाई निरन्तरता दिने बिषयमा भने दलहरु एकमत रहेको दावी गरे । उनले बिकसित राजनीतिक घटनाक्रमका साथै आगामी दिनमा कसरी जाने भन्ने बिषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

कार्कीलेप्रधानमन्त्री को बन्ने पहिले बिषय गौण भएको र गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने जिकिर गरे ।गठबन्धनको बैठक आइतबार बिहान पुनः बस्ने र निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *