अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

नारायणगढका मापदण्ड विपररीत ५८ वटा घरको पिल्लर भत्काउनुपर्ने

चितवन, पुस ९ । चितवन स्थित नारायणगढ बजारमा अवैध संरचना हटाउन डोजर चलाइएको छ । पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो । पुल्चोक गोन्द्राङ सडक विस्तार अन्तर्गत पुल्चोकदेखि केन्द्रीय बस टर्मिनलसम्म ५८ वटा घरको पिल्लर भत्काउनु पर्ने कार्यालयका प्रमुख रमेश पौडेलले बताए ।

एक साताभित्र यहाँको सडकमा परेका अवैध संरचना भत्काएर सडक विस्तारको काम अघि बढाएर सक्ने योजना रहेको छ । यसअघि सडक विभागले सडक अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन दुई पटक सूचना जारी गरिएको थियो । विभागले ६ लेन सडक विस्तारको काम सुरु हुँदा ३५ दिने सूचना सार्वजनिक गरेर घर भत्काउन भनिएको थियो ।

अटेर गरेपछि गत कार्तिक २४ गते १५ दिने सूचना जारी गरिएको थियो । विभागले घर टहरा धनीलाई आफैँ सुरक्षित तवरले भत्काउनको लागि सुरुमा ३५ दिने, पछि १५ सूचना दिएर म्याद दिएको र त्यसपछि पनि समय दिएको थियो । तर ढिपी गरिएको कारण आफैँले भत्काउन परेको सडक विभागले जनाएको छ ।

‘कार्तिक २४ गते १५ दिने सूचना दिएको थियो । त्यसपछि पनि समय दियौं । सबै घरमा गएर सूचना टाँसेको पनि हो’ पौडेलले भने,’उहाँहरुले के भत्केला र जस्तो गर्नुभयो । त्यही भएर बाध्य भएर भत्काउन पर्ने अवस्था भयो ।’ विभागले शुक्रबारबाट संरचना भत्काउन सुरु गरेका हो ।

यता हेटौंडामा वर्षौदेखि अल्झँदै आएको सडक विस्तारको विवाद अझै टुङ्गोमा पुगेको छैन । हेटौंडामा सडक फरक गर्ने योजना राजनीतिक एजेन्डा र विवादको विषय बन्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *