सल्यान, पुस ९ । सल्यानमा भेरी नदी किनारमा शव फेला परेको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका २ कालिभिर नजिकै भेरी नदी किनारमा शव फेला परेको हो । शव जाजरकोट भेरी नगरपालिका-३ का २६ वर्षीय विक्रान्त केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गत कात्तिक ८ गते देखि केसी हराइरहेका थिए। भेरी नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोजतलास गर्ने क्रममा आज उनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख गोपालप्रसाद श्रेष्ठले जानकारी दिए । शवको सनाखत र मुचुल्का उठाउने काम भइरहेको र मुचुल्का पछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइने प्रहरीले जनाएको छ ।