काठमाडौं, पुस ९ । सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाएको छ । सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन् ।
कांग्रेसले आज आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएर हस्ताक्षर संकलन गर्दै छ भने नेकपा माओवादी केन्द्रले हिजोदेखि नै सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ । नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको छ । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले सांसदहरूको हस्ताक्षर भइसकेको जानकारी दिए ।
माओवादी सांसद माधव सापकोटाले सांसदहरूलाई बोलाएर माइन्युटमा हस्ताक्षर गराउने क्रम जारी रहेको बताए । सत्ता गठबन्धन दल कांग्रेसका ८९, माओवादी केन्द्रका ३२ र एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् ।