अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

पूर्वी नवलपरासीका अधिकांश सिसी क्यामेरा बिग्रिए

नवलपरासी, पुस ९ । सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् । प्रहरीको मातहत रहने गरी जडान गरिएका क्यामेरामध्ये ६८ वटाले काम गर्न छोडेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । उनका अनुसार नारायणगढ बुटवल सडक विस्तार र निर्माण, समय समयमा आउने हावाहुरी, पानी, चट्याङका कारण जिल्लाका विभिन्न स्थानका क्यामेरा बिग्रिएका हुन् ।

कावासोती नगरपालिकामा जडान भएका ३३ मध्ये १६, देवचुलीका १०, मध्यविन्दु नगरपालिकाका ११ मध्ये चार, विनयी त्रिवेणीका १२ मध्ये नौ र गैँडाकोट नगरपालिकाका ४९ मध्ये २९ सिसी क्यामेरा बिग्रिएर काम नगर्ने भएका हुन् । गण्डक ब्यारेजको चारवटै सिसी क्यामेरा बिग्रदा सीमानाकामा समस्या भएको छ । गैँडाकोटदेखि दाउन्नेसम्म करिब ६५ मुख्य सडकखण्ड पर्ने भएकाले सवारी दुर्घटना, लागुऔषधसहितका आपराधिक गतिविधि नियन्त्रण गर्न सिसी क्यामेरा प्रभावकारी भएपनि पछिल्लो समय क्यामराले काम नगर्दा केही असहज भएको बताइएको छ । बिग्रिएका सिसी क्यामेरा मर्मत प्रहरी एक्लैले गर्न नसक्ने भएकाले विशेष गरेर स्थानीय तहसँग समन्वय गरिएको छ ।

पूर्वपश्चिम राजमार्ग विस्तारको काम सकिएपछि सडक सुरक्षाको लागी सिसी क्यामेरा झनै महत्वपूर्ण हुने भएकाले थप सिसी क्यामेराका लागि सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनसँग आवश्यक समन्वय गरिरहेको र निर्माण कम्पनी सकारात्मक रहेको तिवारीले बताए । कालीगण्डकी डाइभर्सनको काम पनि अन्तिम चरणमा पुगेकाले योसहित पहाडी क्षेत्रका सडकका मुख्य नाकामा सिसी क्यामेरा जडानको योजनामा आफूहरु रहेको उहाँको भनाइ थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *