अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

माओवादीले गठबन्धन तोडे एमाले सम्हाल्न तयार

पुस ९ । ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सहमति कार्यान्वयन गर्न कांग्रेसले आनाकानी गरे गठबन्धन टुट्ने संकेत माओवादी नेताले दिएका हुन् ।

सरकार गठनका लागि गृहकार्य र संवाद भइरहेका बेला एमाले नेतृत्वले माओवादी सत्ता गठबन्धन तोडेर आए ऊसँग सहकार्य गरी सरकार गठन गर्न सकिने सन्देश दिएको छ । एमाले महासचिव शंकर पोखरेलले पनि शुक्रबार वामपन्थीहरू एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । सुर्खेतमा आयोजित एक कार्यक्रममा उनले वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताउँदै माओवादीले गठबन्धन तोडे आफूहरू छलफल गर्न तयार रहेको बताए । एमाले र माओवादी मिलेर सरकार बनाउने चर्चा चलिरहेका बेला महासचिव पोखरेलले वामपन्थी एकजुट हुनुपर्ने धारणा राखेपछि राजनीतिक वृत्त नै तरंगित बनेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *