अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार

कैलाली, पुस ८ । कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ ।

महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणाअनुसार मङ्सिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको छ । चौधरीलाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।

टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियान थालेको सरोकार समूहका सचिव नवराज भट्टराईले जानकारी दिए । “हामीले पठन संस्कृतिको विकास गर्न खोजेका हौँ”, उनले भने, “पुस्तकालयमा सबैभन्दा बढी पटक आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका छौँ । अध्ययनमा नागरिकको रुचि जगाउन यो गर्न थालिएको हो ।”

सरोकार समूहका सचिव भट्टराईले पुस्तकालय र समूहको सहकार्यमा आगामी एक वर्षसम्म प्रत्येक महिना यो पुरस्कार प्रदान गरिने बताए । यस महिनाको पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको हो । पुस्तकालयमा आयोजित एक विशेष कार्यक्रममा चौधरीलाई टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक र शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *