अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

वन व्यवस्थापनको मुख्य चुनौती डढेलो

मोरङ, पुस ८ । मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ । यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर क्षेत्र वन रहेको छ । तर वन व्यवस्थापनका लागि भने डढेलो मुख्य चुनौतीको रूपमा रहेको छ ।

मोरङमा वन क्षेत्र सुदृढ हुँदा जैविक विविधतामा सुधार आएको भए पनि डढेलोले वन व्यवस्थापनमा बाधा पुर्याउने गरेको छ । डढेलोलाई वन विनासको मुख्य कारण मानिन्छ । दाउरा निकाल्न सजिलो हुने भनेर वनमा आगो लगाउने गरेको पाइएको छ । विराटनगर–३ स्थित डिभिजन वन कार्यालयका अनुसार मोरङमा बर्सेनि औसत एक सय ५० देखि चार सय हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।

वन व्यवस्थापन दिगो, छरितो र उत्कृष्ट भए पनि वन क्षेत्रमा लाग्ने डढेलोले बेलाबेलामा चिन्ता बढाउने गरेको छ । डढेलोले सङ्कटापन्न जीवजन्तुदेखि बहुमूल्य रूख बिरुवामा क्षति पु¥याउने गरेको सहायक वन अधिकृत एवं सूचना अधिकारी रामलखन ठाकुर बताउछन् ।

“कार्यालयले वनमा लाग्ने डढेलो नियन्त्रणका लागि सचेतना कार्यक्रमदेखि सञ्जाल गठनसम्मको काम गर्दै आएको छ”, उनले भने । उनले स्थानीय वन उपभोक्ता समूहका प्रतिनिधि, सुरक्षा निकाय, वन सुरक्षा निकाय र डिभिजन वन कार्यालयको कर्मचारी सम्मिलित वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको बताए । सञ्जालले वन क्षेत्रमा लागेको डढेलो निभाउनेदेखि आगलागीबारे जनचेतना फैलाउनेसम्मको कार्य गर्दैआएको ठाकुरले बताए ।

कार्यालयले डढेलो नियन्त्रणका लागि वन क्षेत्रमा पतझर सोहरेर अग्नि रेखाको सरसफाइ, वन क्षेत्रमा नियन्त्रित आगो लगाउने कार्य गर्दै आएको छ । साथै वनमा आगलागी भइहाल्यो भने तत्कालै निभाउनका लागि वन क्षेत्र नजिक तीन वटा पानी ढुवानीका लागि ट्याङ्कर तयारी अवस्थामा राखिएको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत अनिरुद्धकुमार साहले सीमित स्रोतसाधनका बाबजुत मोरङमा डढेलो नियन्त्रणको सवालमा उल्लेखनीय प्रगति भएको दाबी गरे। उनले मोरङको वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि आवश्यक प्राविधिक र जनशक्तिलाई तालिम र उपकरणसहित चौबिसै घण्टा परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको बताए ।

चिसोले बढायो वायु प्रदूषणको जोखिम

पुसको चिसो बढेसँगै विराटनगर नगर क्षेत्रभित्र वायु प्रदूषणको जोखिम बढेको छ । चिसो बढेपछि नगर क्षेत्रका अधिकांश खुल्ला ठाउँमा आगो बालेर ताप्ने क्रम बढेको छ । आगो बाल्न काठ दाउराबाहेक गोबरको गुइँठा, कागज, प्लाष्टिक, रुवाको प्रयोग गर्ने पाइएको छ ।

काठ दाउरादेखि प्लाष्टिकसम्मको प्रयोग गरी आगो बाल्दा निस्कने धुँवाले नगर क्षेत्रको वायु प्रदूषण ह्वात्तै बढेको छ । विराटनगर महानगरपालिकाअन्तर्गतको वातावरण शाखाकी इन्जिनियर सुदिक्षा कार्कीले सर्वसाधारणले आगो बाल्न दाउराको मात्र प्रयोग नगरेर कागज, प्लाष्टिकजस्ता पदार्थको प्रयोग गर्दा त्यसबाट निस्किने धुँवाले वातावरणमा प्रदूषण फैलिएको बताए । उनले बढ्दो जनघनत्वका कारण नगर क्षेत्रमा सवारी साधनको चाप उल्लेख्यरूपमा बढेको उल्लेख गर्दै वातावरणलाई स्वच्छ राख्न विद्युतिय सवारी साधन प्रयोगमा जोड दिनुपर्ने बताए ।

कार्कीले विराटनगरको वायु प्रदूषण बढ्न नदिनका लागि वृक्षरोपणका कार्यक्रमदेखि सचेतना फैलाउनेसम्मको काम निरन्तर गरिँदै आएको बताए।

“आगो बालेर ताप्नुभन्दा न्यानो कपडा लगाउनेतर्फ ध्यान दिनुपर्छ”, उनले भने । चिसोमा प्रदूषणबाट बच्न अनावश्यक घरबाट बाहिर ननिस्कन, धुलो धुँवा उड्ने खालको निर्माण व्यवसाय सञ्चालन नगर्न, खुल्लामा आगो नताप्न, फोहर वस्तु नजलाउनेसमेत कार्कीले सुझाव दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *