अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

‘ए’ डिभिजन लिग निर्धारित मितिमा नहुने

पुस ८ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित समयमा नहुने बताएको छ । एन्फा प्रवक्ता सुरेस शाहले शीर्ष डिभिजन लिग २६ पुसबाट नहुने पक्का भएको बताए ।

बिहीबार बसेको एन्फा र सहभागी १४ क्लबको चार घण्टाको बैठक अनिर्णित बन्दा लिग सर्ने पक्का भएको हो । ‘बैठकले कुनैनिर्णय लिन सकेन । अब, २६ गते कुनै पनि हालतमा लिग हुन सक्दैन,’ शाहले भने । उनको अनुसार १४ गते बस्ने बैठकले नयाँ मिति तय गर्नेछ ।

एन्फाले पुस २६ गतेबाट लिग परिमार्जन गर्दै डबल राउन्ड रोबिन आधारमा आयोजना गर्ने र केहि खेलहरु मोफसलमा पुर्‍याउने जनाएको थियो । यसैगरी एन्फाले लिग पाँच महिनाको गर्ने बताएको थियो ।

आगामी शीर्ष डिभिजन लिगको लागि बिहीबार (पुस सात गते) अन्तिम टोली दर्ता मिति थियो। अन्तिम दिनसम्म दुई क्लब बाहेक अन्य क्लबले दर्ता नगरेपछि लिग निर्धारित समयमै नहुने पक्का भएको हो ।

‘लिग कहिले हुने ? कसरी हुने ? मुख्य प्रायोजक के ? पुरस्कार रकम के दिने ? कुन मैदानमा खेल हुने ? केहि टुंगो छैन । झाडा टार्ने लिग गर्न खोजेर मात्र हुँदैन,’ एक क्लबका प्रतिनिधिले भने ।

हालसम्म साविक उपविजेता विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र यसै सिजनको लागि बढुवा भएको चर्च ब्वाइज क्लबले मात्रै लिग खेल्न एन्फामा दर्ता गराएका छन् ।

बाँकी १२ क्लब (साविक विजेता मछिन्द्र फुटबल क्लब, तेस्रो भएको न्युरोड टिम एनआरटी, सातदोबाटो युथ क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, एपिएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब र बढुवा भएको खुमल्टार युवा क्लब) ले दर्ता गराएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *