अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

कानूनविपरित मुख्यमन्त्री पाण्डेले लिए संघीय सांसदको शपथ, राजीनामा दिने

काठमाडौं, पुस ७ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले कानूनविपरित संघीय सांसदको शपथ लिएका छन् । उनले संघीय सांसदको शपथ लिएपछि गैरकानूनी भएको भन्दै चारैतिर विरोध भएको छ । पार्टी र सार्वजनिक रुपमा विरोध भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।

पाण्डले राजीनामा दिने तयारी गरेको मुख्यमन्त्रीको कार्यलयले जनाएको छ । उनले आज वा भोलीभित्रमा राजीनामा गर्ने जानकारी गराएको बाग्मती प्रदेश मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उनको शपथले संवैधानिक जटिलता सिर्जना गरेको भन्दै राजीनामा गराउने विषयमा पार्टीले पनि दवाव दिएको बताइएको छ ।

बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको दोहोरो हुन नहुने भएपछि उनले राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री पदबाट राजीनामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि चौतर्फी उनको आलोचना भइरहेको छ ।

प्रदेश सरकारका प्रवक्ताले पनि पाण्डेले शुक्रबार पदबाट राजीनामा बताएका छन् । पार्टीको आन्तरिक छलफलको क्रममा उनले शपथ ग्रहणपछि राजीनामा दिने भनेको र कानुनले प्रदेशको मुख्यमन्त्रीले प्रतिनिधिसभाको शपथका विषयमा केही खुलाएको छैन् । मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको छ ।

पाण्डेले ०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन् । प्रदेशसभा सचिवालयले सांसदको शपथ, नयाँ अधिवेशनको कार्यसूची तय गर्न शुक्रबार नै सर्वदलीय बैठक आह्वानसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *