पुस ७ । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रूपैयाँ २० पैसा र बिक्री दर १३२ रूपैयाँ ८० पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ३३ पैसा र बिक्री दर १४०१ रूपैयाँ ९७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ४८ पैसा र बिक्री दर १६१ रूपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।