अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा

काठमाडौँ, पुस ६ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संघीय संसद् सचिवालयले जनाएको छ ।

नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको पनि उनले बताए । शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ । मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ ।

शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान कार्यक्रममा राष्ट्रियसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *