अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

राप्रपाका राणाले लिए राष्ट्रपतिबाट ज्येष्ठ सदस्यको सपथ

काठमाडौं, पुस ६ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । बुधबार शीतल निवासमा राष्ट्रपति भण्डारीले राणालाई सपथ गराएकी हुन् ।

बिहीबार ज्येष्ठ सदस्य राणाले दुई सय ७४ प्रतिनिधिसभा सदस्यलाई सपथ गराउने छन् । निर्वाचन आयोगमा भरेको व्यक्तिगत फारममा महिन्द्र राय यादवको उमेर ८५ वर्ष उल्लेख थियो । तर, उनले आफ्नो नागरिकतामा उमेर धेरै भएको भन्दै सपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो । सोही नाम संसद् सचिवालयले राष्ट्रपतिलाई बुझाएपछि बुधबार राणाले सपथ लिएका हुन् ।

संसद् सचिवालयले ७ पुस प्रतिनिधिसभा सदस्यहरूको सपथ हुने सूचना जारी गरेको छ । राष्ट्रपति भण्डारीले आगामी १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेकाले अब बिहीबारदेखि दलहरू सरकार गठनको गृहकार्यमा जुट्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *