अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

चरा संरक्षणका लागि सौराहामा राष्ट्रिय कार्यशाला

चितवन, पुस ६ । चितवनको सौराहामा चराविद् र संरक्षणकर्मीहरुको राष्ट्रिय कार्यशाला सुरु भएको छ । चरा संरक्षणका लागि भएका प्रयास र भावी कार्ययोजनाका विषयमा छलफल गर्न छैटौँ राष्ट्रिय कार्यशाला मङ्गलबारदेखि सौराहामा सुरु भएको हो । कार्यशालामा देशभरका ६० चराविद् र संरक्षणकर्मीको सहभागिता छ ।

तीन दिन सञ्चालन हुने कार्यशालामा नेपालमा चराको अवस्था तथा सम्भावनाको अध्ययन गरिने बर्ड एजुकेसन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिए । उनका अनुसार कार्यशालाबाट आगामी योजना र कार्यदिशासमेत तय गरिनेछ ।

बर्ड एजुकेसन सोसाइटी चितवनको व्यवस्थापनमा नेपाल पन्छी संरक्षण सङ्घले आयोजना गरेको कार्यशालामा सङ्कटमा परेका प्रजातिको संरक्षणका लागि गर्नुपर्ने प्रयास र नीतिगत व्यवस्थाका विषयमा समेत छलफल हुनेछ ।

नेपालमा एक सय ६६ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेको पन्छी संरक्षण सङ्घकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाले जानकारी दिए । कार्यशाला चरा लोप हुनाका कारण, संरक्षणका लागि भएका प्रयास लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिने उनले बताए ।

बर्ड एजुकेसन सोसाइटी र चरा संरक्षणकर्मीले अनुभव आदानप्रदान तथा अवार्ड प्राप्त सोसाइटी र स्थानीय संरक्षण सहयोगी संस्थाले कार्यशालामा कार्यगत विवरण प्रस्तुत गर्नेछन् । कार्यक्रमका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले चराको बासस्थानमा मानवीय अतिक्रणका कारण चरा जोगाउन मुस्किल भएको बताए । उनले सबै सरोकारवाला निकायले एक भएर चराको संरक्षणका लागि काम गर्नुपर्ने बताए । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा आठ सय ९२ प्रजातिका चरा रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *