अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

‘ब्राण्ड’ का रुपमा स्थापित हुँदै चितवनको खिचरा महोत्सव !

सञ्जय चौधरी, चितवन, पुस ६ । चितवनमा धेरै प्रकारका मेला तथा महोत्सव हुँदै आइरहेका छन् । महोत्सवहरुको भिडमा खिचरा महोत्सवले भने फरक पहिचान बनाउन सफल छ । थारु समुदायको संस्कृति संरक्षणका लागि महोत्सव एउटा ‘ब्राण्ड’का रुपमा स्थापित भइसकेको छ ।

निरन्तर ७ औं वर्षसम्म सफलता प्राप्त गरिसकेको खिचरा महोत्सवको ८ औं संस्करण यस वर्ष हुँदैछ । यस वर्ष आयोजित महोत्सवको आयोजक संस्था थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ चितवनले तयारी तीब्र पारिसकेको महोत्सवका संस्थापक एंव प्रवक्ता नारायण महतोले जानकारी दिए ।

खिचरा भनेको थारु जातिको नयाँ वर्ष हो । माघ १ गते थारु समुदायको नयाँ वर्ष सुरु हुन्छ, यसै अवसरलाई पारेर महोत्सव गर्न थालिएको हो । तर, पछिल्लो पुस्ताले नयाँ वर्ष भनेर बिर्संदै गएकोले यसलाई जीवित राख्न मेला–महोत्सवमार्फत प्रचार गर्ने प्रयास गरिएको उनको भनाइ छ ।

महोत्सवको आगामी संस्करण यही पुस २८ देखि माघ ४ गते सम्म पूर्वी चितवनको खैरहनी नगरपालिका ५ गौचरन (जबकौली, दुर्गामन्दिर) परिसरमा हुँदैछ ।

“राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति भाषा, संस्कृति नेपालको पहिचान” भन्ने मूल नाराका साथ थारुको पहिचान र संस्कृति जोगाउन हरेक वर्ष थाकस चितवन क्षेत्र नंं. ७ ले खिचरा महोत्सव आयोजना गर्दै आइरहेको छ ।

फरक खालको झल्को दिने गरी वर्षेनी आयोजित महोत्सव भन्दा यस महोत्सव पृथक बनाइने भन्दै महतोले महोत्सवमा करिब २ सय भन्दा धेरै स्टल रहने जानकारी दिए । महोत्सव परिसर भित्रै थारु खानाका परिकार घोङ्घी, चिचर, माछा लगाएत अन्य फुड फेष्टिबल हुने उनको भनाई छ । यस पटकको महोत्सवमा २५ जिल्लाका थारु खानाका परिकार र तिनै जिल्लाका थारु संस्कृतिलाई प्रस्तुत गरिने महतोले बताए ।

‘थारुको पहिचान र संस्कृति जोगाउनमा खिचरा महोत्सव ब्राण्डका रुपमा स्थापित भइसकेको छ,’ उनले भने, ‘संस्कृति संरक्षणमा यो ब्राण्डलाई हामीले महत्वपूर्ण पर्वका रुपमा लिएका छौं ।’

महोत्सवले हाम्रो समुदायको संस्कृति संरक्षण हुनुका साथै युवापुस्तालाई आफ्नो संस्कृतिको महत्व वुझाउँदै संस्कृति हस्तान्तरण र संरक्षणमा जिम्मेवार बनाउने टेवा पुग्ने हिसावले महोत्सव आयोजना गरिएको मूल समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए ।

महोत्सव सफल पार्न विभिन्न उपसमिति गठन गरिएको छ । समग्र चितवनलाई चिनाउन पनि महोत्सव सफल भइरहेको आयोजकको दावी छ ।

महोत्सवमा विभिन्न समुह लगायत अन्य संस्थाहरुको भाँकी प्रदर्शन एवं प्रतियोगिता, जातजातिको सांस्कृतिक प्रदर्शनी र चितवन भन्दा बाहिरका थारु समुदायको सांस्कृतिक गतिविधिहरु प्रदर्शनी गरिनेछ । बाल उद्यान, थारु मिनीगाउँ परिसर, घोङी र पोकाको शिलामुर्ती, थारुलगायत अन्य समुदायको परम्परागत भेषभूषासहितको संस्कृति प्रर्दशन, थारु खानाका विशेष परिकारको स्टल, हस्तकलाका सामग्रीका स्टल, स्कुल स्तरिय डान्स आईडल प्रतियोगिता, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति पनि महोत्सवको आकर्षण बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *