पुस ६ । तालिवानले महिलालाई उच्च शिक्षा नदिने घोषणा गरेको छ । अफगानिस्तानमा महिलाको शिक्षा विषयमा विश्वभर भइरहेको चर्चा र विरोध विपरित तालिवानले यस्तो घोषणा गरेको हो । तालिवानले महिलाका लागि उच्च शिक्षाको ढोका बन्द भएको बताएको बीबीसीले जनाएको छ ।
महिलाका लागि विश्वविद्यालयका ठोका बन्द गरिएको त्यहाँका शिक्षा मन्त्रीलाई उदृत गर्दै बीबीसीले खबर लेखेको हो । अर्को सूचना जारी नभएसम्मका लागि यो घोषणा भएको उनको भनाइ छ ।
तालिवानको यो निर्णयले महिलालाई औपचारिक शिक्षा पाउनबाट बन्चित गर्नेछ । एक वर्ष अघि तालिवानले सत्ता कब्जा गरेपछि महिलामाथि विभिन्न खालका निषेध हुँदै आएको छ । तालिवानले यसअघि महिलालाई पढाउन महिला वा वृद्धलाई अनुमति दिएको थियो । यो घोषणाले भने त्यहाँका महिलाको शिक्षा लिने बाटो नै बन्द भएको छ । बीबीसी