अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

पूर्वराजा ज्ञानेन्द्र शाह किन जाँदैछन् जनकपुर र चितवन ?

पुस ६ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवार आज बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ । निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा।सागर तिमल्सिनासहित झापा पुगेका थिए । झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको उच्च स्रोतले जनाएको छ ।

झापा भ्रमणलगत्तै भोलि पुस ७ गते ज्ञानेन्द्र जनकपुर भ्रमणमा निस्कन लागेका हुन् । जनकपुर भ्रमणअघि ज्ञानेन्द्रका सुरक्षा टोलीले जनकपुर पुगेर रेकी गरेका थिए । त्यहाँको सुरक्षा अवस्था र सुरक्षा निकायँग छलफलपछि जनकपुर भ्रमण तय भएको हो । जनकपुरमा उनी होटल सोल्टीमा बस्ने कार्यक्रम रहेको छ ।

स्रोतले भन्यो ‘अहिलेसम्म जनकपुरको भ्रमण तय भएको छ । त्यसपछि के के कार्यक्रम तय हुन्छ जानकारी छैन । जनकपुरमा राम जानकी मन्दिर दर्शन गरी विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । त्यहाँ केही भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।’

चार दिनको जनकपुर बसाइपछि पूर्व राजपरिवार पुस १० गते चितवन जाने कार्यक्रम रहेको छ । चितवनमा ुक्रिसमस डेु मनाउने गरी सपरिवार सहभागी हुने कार्यक्रम रहेको छ । चितवनमा पूर्व युवराज्ञी हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाती हृदयन्द्रलगायत आफन्त भेला हुने कार्यक्रम तय भएको छ ।

चितवनपछि उनीहरूको सिमरा भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । सिमरापछि काठमाडौं फर्कने वा फेरि झापामै अंग्रेजी नयाँ वर्ष मनाउने भन्ने विषयमा केही दिनमा निर्णय हुने स्रोतको भनाइ छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *