अपडेट
ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आउँदै अप्टिमिष्ट क्लब अफ तुलसीपुरकाे अध्यक्षमा भण्डारी दाङमा पहिलो पटक सर्प महोत्सव लाग्दै, देशभरबाट सर्प बिशेषज्ञ आउने कविता : आश अझै बाकी – सुसन के .सी दशैंमा नवमीको दिन के गरिन्छ? नवरात्रमा फुलपातिको कस्तो महत्व रहेको छ ? बबई नदिमा पौडी खेल्नेक्रम डुबेर खड्काको मृत्यु, पुनको शकुसल उद्वार दिव्य कुञ्जका विद्यार्थीहरु सामाजिक काममा सक्रिय हुँदै  आज असोज २२ गते मङ्गलबार को राशिफल हेर्नुहोस

नापी अधिकृतहरूसहित १४ जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं, पुस ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रूपन्देहीका तत्कालीन नापी अधिकृतहरू ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

रूपन्देही, साबिक दुधराक्ष गाबिस–७ (क) र वडा-२ (क) को जग्गा नापी कार्यालय, रूपन्देहीका कर्मचारी तथा जग्गाधनीसमेत मिली फायल नक्सा तयार गर्दा सार्वजानिक कुलोको जग्गासमेत समावेश गरी नक्सा तयार गरी सार्वजनिक कुलो व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूको मिलेमतो रहेको पाइएको अख्तियारको भनाइ छ ।

नियम विपरित बदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी सरकारी सार्वजनिक कुलोको फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएको र भित्री ग्राभेल सडक भएको जग्गाको न्यूनतम मुल्यांकनअनुसार घुसाएको जग्गाको १० लाख ६५ हजार दुई सय पाँच रुपैंया पचास पैसा बराबर हिनामिना गरेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *