अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

खिचरा महोत्सवको तयारी तीब्र, २५ जिल्लाका थारु खानाका परिकार पाईने

सञ्जय चौधरी, चितवन, पुस, ५ । खिचरा महोत्सवको ८ औँ संस्करणको तयारी तीव्र पारिएको छ । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ चितवनको आयोजनामा माघ १ गते थारु समुदायको नयाँ वर्ष सुरु हुन्छ, नयाँ वर्षको अवसर पारेर महोत्सव गर्ने गरेको छ ।

हरेक वर्ष हुँदै आएको महोत्सव यही पुस २८ देखि माघ ४ गते सम्म पूर्वी चितवनको खैरहनी नगरपालिका ५ गौचरन (जबकौली, दुर्गामन्दिर) परिसरमा हुँदैछ ।

“राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति भाषा, संस्कृति नेपालको पहिचान” भन्ने मूल नाराका साथ थारुको पहिचान र संस्कृति जोगाउन हरेक वर्ष हुने खिचरा महोत्सव यस पटक ८ औं संस्करण हो ।

महोत्सवलाई सफल बनाउन मुल आयोजक समिति र उपसमिति बनाइएको छ । महोत्सवस्थलमा अहिले जमिन सम्याउने तथा स्टल निर्माणको काम भइरहेको महोत्सवका संस्थापक एंव प्रवक्ता नारायण महतोले जानकारी दिए ।

विगतका महोत्सवभन्दा यस महोत्सव पृथक बनाइने भन्दै महतोले महोत्सवमा करिब २ सय भन्दा धेरै स्टल रहने जानकारी दिए । महोत्सव परिसर भित्रै थारु खानाका परिकार घोङ्घी, चिचर, माछा लगाएत अन्य फुड फेष्टिबल हुनेछ ।

महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने उल्लेख गर्दै अध्यक्ष महतोेले कृषि उत्पादनलाई प्रवद्र्धन गरिने बताए । यस पटकको महोत्सवमा २५ जिल्लाका थारु खानाका परिकार र तिनै जिल्लाका थारु संस्कृतिलाई प्रस्तुत गरिने उनले बताए ।

उनले भने, ‘नेपालमा २५ जिल्लामा थारु जातिको बसोवास रहेको पाइन्छ, तर ती सबै जिल्लामा फरक–फरक तरिकाले चाडपर्व मनाउने र चाडपर्वको नाम पनि ठाउँअनुसार फरक–फरक हुने भएकोले देशैभरका थारुको खानाका परिकार र संस्कृतिलाई एकै ठाउँबाट देखाउने जमर्को गरेका हौं ।’

महोत्सवमा थारूका पहिचान झल्कने भेष भुषा सहित विभिन्न संस्कृतिक पहिचान एवम् परम्परागत सामाग्रीहरु प्रदर्शन गरिने मूल समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए । महोत्सवमा थारु समुदायको ब्रहमथान, परेवाको घर, परम्परागत सामाग्रीहरु सहितको थारु मिनीगाउँ परिसर, घोङी र पोकाको शिलामुर्ती प्रदशर्नी स्थलमा रहने छ । घोङी र पोकाको बिशालमुर्ती सबैको आकर्षणको केन्द्र बन्नेछ ।

महोत्सवमा थारुलगायत अन्य समुदायको परम्परागत वेशभूषासहितको संस्कृति प्रर्दशन, थारु खानाका विशेष परिकारको स्टल, हस्तकलाका सामग्रीका स्टल, खुल्ला हाजिरी जवाफ प्रतियोगिता हुने र व्यवसायिक स्टल रहनुका साथै तराईका विभिन्न जिल्लाका थारु विषेश सांस्कृतिक प्रस्तुति रहने छन् ।

महोत्सवमा बाल उद्यानलगायत मनोरञ्जनात्मक खेलहरु र राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको पनि प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयश चौधरीले जानाकारी दिए ।

महोत्सव अवलोकनका लागि ५० रूपैयाँ टिकट शुल्क लाग्ने छ भने विद्यार्थीहरुका लागि (परिचय पत्रका आधारमा) रु ३० कायम गरिएको जनाइएको छ । २०७० सालदेखि प्रत्यक वर्ष महोत्सव आयोजना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *