चितवन, पुस ५ । ‘आजका बालबालिका,भोलिका कर्णधार’ भन्ने भनाइलाई आत्मसात गर्दै संस्कारयुक्त शिक्षा प्रदान गर्दै खेल्दै, सिक्दै अनि रमाउदै बालबालिकाहरुलाई मानवीय सेवाको क्षेत्रमा उन्मुख गराउदै आइरहेको विद्यालय हो ग्रीनल्याण्ड पब्लिक स्कुल ।
भरतपुर-१२, चितवन स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको कम्युनिटी क्लब तथा इको क्लबका सदस्य विद्यार्थीहरुले सडकबाट पुनर्स्थापित बालकहरुका लागि सहयोग हस्तान्तरण गरेका छन् ।
विद्यार्थीहरुले नै स्वस्स्फुर्तरुपमा आर्थिक संकलन गरि भरतपुर-५, आनन्दपुर स्थित बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान, नेपाल (P2C2) मा रहेका ३१ जना बालकहरुका लागि रु २० हजार बराबरको स्कुलको जुत्ता अनि मोजा प्रदान गरिएको हो ।
कम्युनिटी क्लबका अध्यक्ष सुमन सुवेदी र इको क्लबका अध्यक्ष सुप्रिम पौडेलको अगुवाईमा भएको सो सहयोग हस्तान्तरण कार्यक्रममा बिद्यालयकि प्राचार्य इन्दिरा कार्की, सह-प्राचार्य उपेन्द्र आचार्य, शिक्षक कृष्ण कार्की, संस्थाका सदस्य बिष्णुहरि पौडेल, कार्यक्रम संयोजक मनोज खडकाको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष बेलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम ग्रीनल्याण्ड पब्लिक स्कुल कि विद्यार्थी कृतिका प्रसाईंले संचालन गरेकी थिइन् ।