अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बिमाको फाइल क्लोज

पुस ५ । अहिलेसम्म भुक्तानी नपाउने कोरोना बिमा दाबीकर्तालाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बिमक संघले आग्रह गरेको छ । संघले कोरोना बिमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका बिमितले विभिन्न कम्पनीमा दाबीका लागि जानकारी गराएर पनि आवश्यक कागजात नबुझाएकालाई आगामी १५ दिनभित्र कागजात बुझाउन यस्तो आग्रह गरेको हो ।

संघले आइतबार सार्वजनिक सूचना जारी गर्दै दाबी भुक्तानीका लागि अझैसम्म पनि आवश्यक कागजात नबुझाएका बिमितलाई आगामी १८ पुससम्ममा आपूmले दाबी गरेका कम्पनीहरूमा सम्पर्क गरी आवश्यक कागजात बुझाउन यस्तो आग्रह गरेको जनाएको छ ।

यसअघि दाबीकर्तालाई बारम्बार ताकेता गर्दासमेत आवश्यक कागजात नबुझाएको भन्दै संघले यस्तो आग्रह गरेको बताएको छ । आगामी १५ दिनभित्र आफूले दाबी गरेका कम्पनीमा सम्पर्क गरी अपुग कागजात बुझाउन यसरी जानकारी गराउँदा समेत नबुझाए उनीहरूको फाइल नै बन्द गरिने सो संघले जनाएको छ ।

चौतर्फी दबाबपछि नेपाल बिमा प्राधिकरणको निर्देशनपछि बल्ल विभिन्न बिमा कम्पनीले गत १३ मंसिरदेखि कोरोना बिमाको दाबी भुक्तानी दिन सुरु गरेका थिए । सबै बिमितलाई भुक्तानी दिन अपुग रकम मात्र सरकारले निकासा गरिदिएपछि अहिले सम्बन्धित बिमा कम्पनीले पहिलो चरणमा व्यक्तिगत रूपमा बिमा शुल्क तिरेर बिमालेख जारी गर्ने बिमितलाई मात्र भुक्तानी दिइरहेको छ ।

पहिलो चरणको वितरण कार्य सकिएपछि सरकारी कर्मचारी तथा संस्थागत रूपमा कोरोना बिमालेख जारी गरेको दाबीकर्तालाई पीसीआर रिपोर्ट पहिलो नम्बरमा बुझाएकालाई क्रमअनुसार भुक्तानी गर्दै जाने बताएको छ ।

व्यक्तिगत दाबीकर्ताबाहेकका दाबीकर्ताको हकमा भने नेपाल सरकार र नेपाल बिमा प्राधिकरणबाट आगामी दिनमा गरिने निर्णयअनुसार क्रमशः भुक्तानी गरिने निणर्यअनुसार पछि वितरण हुने संघले जनाएको छ । संघका अनुसार हाल व्यक्तिगत र परिवारको २५ हजार चारवटा बिमा दाबी भुक्तानी गर्न बाँकी छ । पहिलो चरणमा सोमध्ये १८ हजार ६० वटा बिमालेखको मात्रै भुक्तानी गरिने संघले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *